काठमाण्डौ । सरकारले मिटरब्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराध संहितामा संशोधन गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन मुलुकी अपराध संहितामा संशोधन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
महोत्तरीबाट मिटरब्याजबाट पीडित बनेकाहरुले काठमाण्डौमा आएर आन्दोलन चर्काएपछि सरकार कानुन संशोधन गर्ने निर्णय गर्न बाध्य भएको हो।
हाल घरायसी व्यवहारमा १० प्रतिशतभन्दा बढीको दरमा ब्याज लिन नपाइने कानुन छ। तर, कानुनले मिटरब्याजलाई अपराधका रुपमा परिभाषित गरेको छैन।
मन्त्रिपरिषद्को निर्णयअनुसार कानुन संशोधन भएमा मिटरब्याजीमाथि मुद्दा चलाउने बाटो खुल्नेछ।
15 hours ago
15 hours ago
15 hours ago
16 hours ago
16 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago
18 hours ago