काठमाण्डौ । ग्रेट वाल मोटर (जीडब्ल्यूएम) गाडीकोे नेपालका लागि आधिकारिक बिक्रेता भीजी इम्पेक्स प्रालिले नेपाली नयाँ वर्ष २०८० को अवसरमा ‘हर्षमय नव वर्ष २०८०’ अफर ल्याएको छ।
यो अफर नेपालभर १५ दिनसम्म चालु रहने छ र यो अवधिमा खरिद गरिएका जीडब्ल्यूएम का सबै मोडलका गाडीहरुको खरीदमा रु.५ लाख बराबरको फाइदा उपलब्ध हुनेछ। जसमा आकर्षक नगद छुट, स्पेशल सेलिवे्रशन डिस्काउन्ट र अन्य आकर्षक अफरहरु मान्य हुनेछ। ‘हर्षमय नव वर्ष २०८०’ अभियान ग्राहकहरु प्रति आफ्नो प्रतिवद्वतालाई निरन्तरता दिँदै सार्वजनिक गरेको हो र ग्राहकहरुलाई नयाँ वर्ष उत्साहपूर्वक र हर्षोल्लासपूर्ण बनाउन उत्कृष्ट विकल्प हुनेछ।
यो अफरमा ग्राहकले आकर्षक नगद छुट, स्पेशल सेलिव्रेशन छुटसहित ५ लाखसम्मको फाइदा पाउनेछन््। हरेक जीडब्ल्यूएम गाडीको खरिदमा, ग्राहकले निशुल्क एक्सेसोरिज का साथ स्ट्यान्डर्ड वारेन्टी, स्पट भ्यालुएसन र एक्सचेन्जको बोनसका साथ ३ वर्षको निःशुल्क सर्भिस उपलब्ध हुनेछ।
जीडब्ल्यूएमको बारेमा
ग्रेट वाल मोटर (जीडब्ल्यूएम) ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो जसको विश्वबजारमा ८० सब्सिडायरी र अफिलिएटस्हरु रहेका छन्। साथै, यस कम्पनीको कर्मचारी संख्या ७० हजारभन्दा धेरै रहेको छ। विगत ६ वर्षदेखि यस कम्पनीले हरेक साल १० लाखभन्दा धेरै गाडीहरु बिक्री गरिरहेको छ। चीनबाहेक जीडब्ल्यूएमले आफ्ना उत्कृष्ट गाडीहरु ६० भन्दा धेरै राष्ट्रहरुमा ७०० भन्दा धेरै केन्द्रबाट सफलतापूर्वक बिक्री गरिरहेको छ।
भीजी इम्पेक्स नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता हो। वर्षौंदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरुमा अत्याधिक सफलताको आनन्द लिएपछि भीजी इम्पेक्स/ग्रेट वाल मोटर नेपालले यी लोकप्रिय गाडीहरु नेपाल ल्याउन सफल भएको छ।
जीडब्ल्यूएम नेपालले हाभल एच सिक्स, हाभल जोलायन, पावर र विङ्गल ५ जस्ता ग्लोबल मोडेलहरुका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ। जीडब्ल्यूएम–नेपालले आफ्नो बजार विस्तार गर्न अत्याधुनिक मोडलहरु र प्रिमियम सुविधाहरु उपलब्ध गराउँदै भावी पुस्ताको अटोमोटिभ चाहनालाई बढावा दिने वाचा गर्दछ।
जीडब्ल्यूएम नेपालले आफ्ना बिक्री र बिक्रीपछिको स्तरीय सेवाहरुलाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरु थप्दै सेवासुविधाहरुमा वृद्धि ल्याइरहेको छ। कम्पनीले उपभोक्तालाई नयाँ र बृहत सेवाहरु प्रदान गर्ने र नेपालको इलेक्ट्रिक भेहिकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको छ।
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago