काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिसम्म संस्थाले ३ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ७३.२४ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म संस्थाले १२ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिसम्म आशा लघुवित्तको खराब कर्जा बढ्दा इम्पेयरमेन्ट चार्ज पनि बढ्नुले नाफा प्रभावित भएको छ। यो अवधिसम्म संस्थाको इम्पेयरमेन्ट चार्ज बढेर ४ करोड ९ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म यस्तो चार्ज ५९ लाख ४२ हजार रुपैयाँमा सीमित थियो।
यो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ७३.२८ प्रतिशतले घटेर ४ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ। गत वर्ष यही अवधिसम्म संस्थाको यस्तो मुनाफा १७ करोड ६१ लाख रुपैयाँ रहेको थियो।
तेस्रो त्रैमाससम्म संस्थाको खुद ब्याज आम्दानी गत वर्षको यही अवधिको तुलनामा २७.९५ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी २५ करोड ५८ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा घटेर १८ करोड ४३ लाख रुपैयाँमा झरेको छ।
समीक्षा अवधिसम्म संस्थाले २ अर्ब ६९ करोड रुपैयाँ सापटी लिई ५ अर्ब १८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म संस्थाले २ अर्ब ८० करोड रुपैयाँ सापटी लिई ५ अर्ब १ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
चुक्तापुँजी ३८ करोड १६ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार ३५.५९ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा २१ करोड २२ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म घटेर १४ करोड ६ लाख रुपैयाँ रहेको छ।
संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.९३ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिसम्म एनपीएल २.९२ प्रतिशत थियो।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३६.९८ रुपैयाँबाट घटेर ८.६६ रुपैयाँमा सीमित बनेको छ। पीई रेसियो ६४.९४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १४५.७० रुपैयाँ रहेको छ।
35 minutes ago
41 minutes ago
58 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago