काठमाण्डौ । लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले चाँडै नै एन्ड्रोइड उपकरण प्रयोगकर्तालाई स्क्रिन सेयरिङ फिचर उपलब्ध गराउने भएको छ।
डब्ल्यूएबेटाइन्फोको रिपोर्टअनुसार ह्वाट्सएपले बिटा संस्करण २.२३।११.१९ मा भिडियो सेयरिङका क्रममा स्क्रिन सेयरिङ फिचरको परीक्षण गरिरहेको छ। जसका माध्यमबाट कम्पनी प्रयोगकर्ताको यो कलिङ अनुभव सुधार गर्न चाहन्छ।
प्रयोगकर्ताले ह्वाट्सएपको यो नयाँ फिचर भिडियो कलिङको क्रममा क्यामेरा स्विच विकल्पको छेउमा पाउनेछन्। यो फिचर तबमात्र सक्रिय हुनेछ जब एप प्रयोगकर्ताले उनीहरुको स्क्रिन सेयरिङका लागि अनुमति दिन्छन्। यसबाट प्रयोगकर्ताले जुनसुकै बेला स्क्रिन सेयरिङ रोक्न सक्नेछन्।
जब प्रयोगकर्ताले भिडियो कलको समयमा स्क्रिन सेयरिङ अप्सनमा ट्याप गर्नछन् तब ह्वाट्सएपमा एउटा वार्निङ म्यासेज डिस्प्ले हुनेछ। त्यसपछि ‘स्टार्ट नाउ’ बटनमा ट्याप गर्नुपर्नेछ। अब प्रयोगकर्ता अन्य प्रयोगकर्तासँग आफ्नो स्क्रिन सेयरिङ गर्न सक्नेछन्।
विशेष कुरा यो हो कि डब्ल्यूएबेटाइन्फाद्वारा सेयर गरिएको स्क्रिनसटमा लेखिएको छ कि यो सुविधा प्रयोग गर्दा प्रयोगकर्ताले अन्य प्रयोगकर्तासँग जुनसुकै जानकारी सेयर गर्न गर्न चाहन्छन्, त्यो ह्वाट्सएपले एक्सेस गर्न सक्छ। यसमा पासवर्ड, भुक्तानी विवरण, फोटो, सन्देश र अडियो समावेश छन्। –एजेन्सी
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
14 hours ago
16 hours ago
16 hours ago
16 hours ago
17 hours ago
17 hours ago