काठमाण्डौ । नेपाल र भारतबीच बिहीबार विभिन्न कार्यका लागि समझदारी भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माणकार्यदेखि क्रसबोर्डर डिजिटल पेमेन्ट समझदारी भएको हो। 

प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा संयुक्त पत्रकार सम्मेलनमार्फत सम्झदारीहरुका बारेमा जानकारी दिएका हुन्।

यसैगरी प्रधानमन्त्री दाहाल र मोदीले संयुक्त रुपमा भारतको बथनाहाबाट विराटनगर कस्टम यार्डसम्मको कार्गो रेल सेवा र नेपालगञ्ज रुपैडिया इन्टीग्रेटेड चेकपोस्ट उद्घाटन तथा सुनौली–भैरहवा इन्टिग्रेटेड चेकपोस्ट र अमलेखगन्जदेखि चितवनको लोथलसम्म पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका छन्।

सिलीगुड़ी–झापा पेट्रोलियम पाइपलाइन निर्माण, दोधार–चाँदनी इन्टिग्रेटेड चेकपोस्ट निर्माण, फुकोट कर्णाली हाइड्रोपावर प्रोजेक्ट र क्रस बोर्डर पेमेन्ट समझदारी भएको छ। 

पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले अबको १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखेको बताए। मोदीले आज भएको व्यापार सम्झौताले यो लक्ष्य पूरा गर्न सघाउने धारणा राखे।