काठमाडौ । काठमाण्डौ महानगरपालिकाले उपत्यकाबाहिर चल्ने सवारीसाधन गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्न निर्देशन दिएको छ।
काठमाण्डौ महानगरपालिकाले एक सूचना जारी गर्दै उपत्यकाबाहिर चल्ने लामो, मध्यम र छोटो दूरीका सवारीसाधन गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्न निर्देशन दिएको हो। असार १ गतेदेखि नयाँ बसपार्कबाहिर रहेका टिकट काउन्टर हटाउन पनि काठमाण्डौ महानगरपालिकाले निर्देशन दिएको छ।
काठमाण्डौ महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधन नयाँ बसपार्क गोंगबुबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयनका विषयमा सरोकारवाला सबैसँगको बैठकबाट निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि पुनः अनुरोध गरिएको सूचनामा उल्लेख छ। ‘बैठकले निर्णय गरिसकेपछि पनि अनधिकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत् राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन सकेको छैन’, सूचनामा भनिएको छ।
धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजतपत्र लिएका लामो दूरीका सवारीसाधनलाई पनि कलंकीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरिएको सूचनामा उल्लेख छ।
यो सूचनाको बर्खिलाप गर्ने जोकोहीलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही हुने सूचनामा स्पष्ट पारिएको छ।
10 hours ago
20 hours ago
20 hours ago
22 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago