काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूहरुकै निर्णयबाट करको दर हेरफेर गरिएको स्पष्ट पारेका छन्।
बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नताबारे संसदमा प्रश्न उठेपछि मंगलबार संसदमा जबाफ दिँदै अर्थमन्त्री महतले आफूहरुले नै निर्णय गरेर करका दरहरु हेरफेर गरेको बताए। ‘करको दर हेरफेरबारे मसहितका आधिकारिक व्यक्तिहरुबाट निर्णय गरिएको हो’, उनले भने, ‘ती दरलाई इन्ट्री गर्न पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई सहयोगीका रुपमा लिएका हौँ।’
मन्त्री महतले आफू अर्थमन्त्री भएर आउनुअघि नै सहयोगीका लागि श्रेष्ठको नियुक्ति भइसकेको पनि स्पष्ट पारेका छन्। ‘तर, बजेट निर्णय प्रक्रियामा श्रेष्ठको संलग्नता हुने कुरै भएन’, उनले भने, ‘बजेट निर्णय गरिसकेपछि निर्णय प्रक्रियामा बसेका पदाधिकारीको उपस्थिति र निर्देशनमा यो इन्ट्री गर्ने काम श्रेष्ठले गरेका हुन्।’
अर्थमन्त्री महतले इमान्दार भएर काम गर्न कठिन रहेको बताए। ‘इमान्दार हुँदा प्रश्नमाथि प्रश्न उठ्यो’, उनले भने, ‘एउटा पत्रिकाले एउटा न्युन पटकपटक दोहोर्याउँछ र त्यसैलाई हामी सत्य ठान्छौँ। तर वास्तविकता के हो भने यति पारदर्शी ढंगबाट र कुनै पनि प्रवाहबाट मुक्त भएर मैले काम गरेको छु।’
आफू अर्थमन्त्री हुने दिनदेखि नै एउटा मनमा वाचा प्रतिबद्धता गरेर कुनै पनि खाले प्रवाहबाट मुक्त भएर काम गर्ने प्रण गरेको पनि अर्थमन्त्रीले सुनाए। ‘त्यही प्रतिबद्धताका साथ म अफिसमा बसेको हुँ’, उनले भने, ‘त्यही प्रतिबद्धता मैले पूरा गरेको विश्वास दिलाउन चाहन्छु।’
10 hours ago
21 hours ago
21 hours ago
22 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago