काठमाण्डौ । प्रूडेन्सियल इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद निश्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

यो बिमा कम्पनीले साउन २० गते हाल कायम चुक्तापूँजीको ३० प्रतिशतको दरले हकप्रद निश्कासनको माग गर्दै आवेदन दिएको हो । 

कम्पनीले एकसय रुपैयाँ अंकित मूल्यका कुल १२ लाख ८३ हजार ४० कित्ता हकप्रद निश्कासनको माग गरेको हो । 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइसी एशिया क्यापिटल लिमीटेडले गर्नेछ। 

हाल यो बिमा कम्पनीको चुक्तापूँजी ४२ करोड ७६ लाख रुपैयाँ रहेको छ । हकप्रदको पूँजीकरणपछि चुक्तापूँजी ५५ करोड ६० लाखको उचाईमा पुुग्नेछ ।