काठमाण्डौ । अमेरिकी रिसर्च फर्म हिन्डनबर्गले सन् २०२३ मा विश्वका ३ अर्बपतिलाई ठूलो झट्का दिएर राम्रै कमाइ गरेको छ।
हिन्डनबर्गले चर्चित कम्पनीहरुको सनसनीपूर्ण रिपोर्ट जारी गरेर सर्ट सेलिङ गरेर राम्रै कमाइ गर्ने गर्छ। तर, यसको रिपोर्ट ती कम्पनीहरुको सेयरमा ठूलै असर गर्ने गर्छ।
यो वर्ष पनि हिन्डनबर्गले ३ अर्बपतिका विरुद्ध आफ्नो सनसनीपूर्ण रिपोर्ट जारी गरेको थियो। जसका कारण ती अर्बपतिको ९९ अर्ब डलर स्वाहा भएको छ।
हिन्डनबर्गले यो वर्षको सुरुआतमा भारतको अडानी समूहविरुद्ध आफ्नो रिपोर्ट सार्वजनिक गरेको थियो। गत जनवर २४ मा सार्वजनिक रिपोर्टले अडानी समूहले हालसम्मकै ठूलो झट्का लाग्यो। यो रिपोर्ट सार्वजनिक हुनुअघि अडानी समूहका मालिक गौतम अडानी धनाढ्यको सूचीमा पाँचौँ स्थानमा थिए। त्यसपछि लगातार अडानी ग्रुपका कर्मचारीहरुको सेयरभाउ घट्न थालेपछि उनी ३४ औँ स्थानमा झरेका थिए।
अडानी समूहको बजार पुँजीकरण १०० अर्ब डलरभन्दा बढीले घटेको छ।
अडानपछि हिन्डनबर्गले ट्विटरका पूर्वसीईओ ज्याक डोर्सीलाई आफ्नो निसाना बनायो। त्यसपछि हिन्डनबर्गले अमेरिकी अर्बपति कार्ल आइक्यानका बारेमा सनसनीपूर्ण खबर सार्वजनिक गरेको थियो।
ब्लुमबर्गको रिपोर्टअनुसार हिन्डनबर्गको रिपोर्ट सार्वजनिक भएपछि गौतम अडानी, ज्यान डोर्सी र कार्ल आइक्यानको कुल ९९ अर्ब डलर सम्पत्ति स्वाहा भएको छ। त्यतिमात्रै होइन हिन्डनबर्गको रिपोर्टले यी ३ अर्बपतिका कम्पनीहरुको १७३ अर्ब डलर डुबेको छ। –एजेन्सी
22 minutes ago
28 minutes ago
45 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago