Shalikram Adhikari
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट सीमित कार्य गर्न अनुमतिप्राप्त संस्था कलश स्टक मार्केट प्रा.लि.(ब्रोकर नम्बर ७४)ले औपचारिक रुपमा आफ्नो कारोबार सुरु गरेको छ ।
भदौ १० गते आइतबार काठमाण्डौ महानगरपालिका वडानम्बर १० बुद्धनगरस्थित कम्पनीको कार्यालयमा बैद्धिक विधिपूर्वक स्वस्ती वाचना गरी कम्पनीले ब्रोकरेज सेवाको औपचारिक सुरुवात गरेको हो ।
प्रचलित कानुनको पूर्ण पालना र धितोपत्र बजारका क्षेत्रका आधारभभूत मूल्यमान्यताहरुलाई आत्मासाथ गर्दै ग्राहकको सन्तुष्टिलाई नै केन्द्रमा राखेर पारिवारिक वातावरणमा शीघ्र, सर्वसुलभ, विश्वसनीय प्रविधिमैत्री धितोपत्र दलाल सेवा सञ्चालन गर्न प्रतिबद्ध रहेको कम्पनीका कार्यकारी अध्यक्ष शालिकराम अधिकारीले बताएका छन् ।
सबैलाई पायक पर्ने स्थानमा कम्पनीको कार्यालय रहेको, धितोपत्र बजार बैंक, वित्तीय क्षेत्र लगायत विविध क्षेत्रका अनुभवी व्यक्तिहरुको व्यवस्थापनमा संलग्नता, सामूहिक निर्णय प्रक्रिया, प्रविधिमैत्री सेवा तथा ग्राहक सेवामा प्रतिवद्ध कर्मचारी नै कम्पनीको सवल पक्ष रहेको उनको भनाई छ ।
कम्पनीले सेवा शुभारम्भको विशेष अवसरमा विभिन्न छुट तथा सुविधा उपलव्ध गराउने घोषणा समेत गरेको छ । भविष्यमा आवश्यक प्रक्रिया पूरा गरी पोखरा लगायत प्रमुख शहरहरुमा शाखा बिस्तार गर्ने लक्ष्य कम्पनीले लिएको छ । साथै शेयर सम्बन्धमा जनचेतना जागृत गर्न सम्भाव्य स्थानहरुमा शेयर सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने सोच रहेको पनि कम्पनीले जनाएको छ ।
13 minutes ago
33 minutes ago
37 minutes ago
55 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago