काठमाण्डौ । पछिल्ला केही वर्षहरुमा विश्वभरि क्रिप्टोकरेन्सीको प्रचलन उल्लेखनीय रुपमा बढेको छ। तर, यससँगै लगानीकर्ता ठगिएका थुप्रै घटना पनि बाहिर आएका छन्।
टर्कीमा थोडेक्स क्रिप्टोकरेन्सीका प्रमुख फारुख फातिह ओजरलाई लगानीकर्ताको अर्बौं डलर ठगी गरेको अभियोगमा ११ हजार १९६ वर्षको जेल सजाय सुनाइएको छ। उनका एक भाइ र बहिनीलाई पनि यस्तै सजाय सुनाइएको छ।
ओजर २९ वर्षीय हुन्। ओजरको थोडेक्स कम्पनी सन् २०२१ अचानक डुब्यो। त्यसपछि उनी लगानीकर्ताको करोडौँ रकम लिएर अल्बानिया भागे।
ओजरलाई गत जुनमा अल्बानिया सुपुर्दगी गरिएको थियो। उनीलाई सम्पत्ति शुद्धीकरण, ठगी र संगठित अपराधमा दोषी ठहर गरिएको छ।
टर्कीमा मृत्युदण्ड प्रतिबन्धित छ। त्यसैले ओजरलाई यति लामो सजाय सुनाइएको हो।
यद्यपि, ओजरले आफूलाई निर्दोष रहेको बताएका छन्। ‘यदि मेरो आपराधिक नियत थियो भने मैले नौसिखियाजस्तो व्यवहार गर्ने थिइनँ’, अदालतसामु उनले भनेका थिए, ‘म यति चलाख छु कि म संसारको जुनसुकै कम्पनी चलाउन सक्छु। यो कुरा मैले २२ वर्षको उमेरमा कम्पनी खोलेको तथ्यबाट बुझ्न सकिन्छ।’
अदालतले ओजरको तर्कलाई अस्वीकार गर्दै कडा सजायको फैसला गरेको थियो। ओजरसँगै उनकी बहिनी र भाइलाई पनि दोषी ठहर गरी सोही सजाय दिइएको छ।
ओजर र उनका भाइ–बहिनीलाई ११ हजार १९६ वर्षको जेल सजाय सुनाइएको छ। अभियोजकहरुले ओजरलाई ४० हजार ५६२ वर्षको जेल सजाय माग गरेका थिए। यस प्रकारको सजाय टर्कीमा सामान्य छ। किनकि सन् २००४ देखि टर्कीमा मृत्युदण्ड प्रतिबन्धित गरिएको छ। सन् २०२२ मा धार्मिक नेता अदनान ओख्तरलाई ८ हजार ६५८ वर्षको जेल सजाय सुनाइएको थियो। यसका साथै उनका १० जना चेलाले पनि यस्तै सजाय पाएका थिए।
दुई वर्षअघि टर्कीको मुद्रा लिरामा ठूलो गिरावट सुरु भएको थियो। यसबाट बच्न टर्कीका मानिसहरुले क्रिप्टोकरेन्सी प्रयोग गर्न थाले। थोडेक्स सन् २०१७ मा स्थापित भएको थियो। यो टर्कीको सबैभन्दा ठूलो एक्सचेन्जमध्ये एउटा थियो।
यही कारण ओजर स्टार बने र देशको शासक संस्थासँग उनको निकटता बढ्न थाल्यो। तर, अचानक यो एक्सचेन्ज अप्रिल २०२१ मा डुब्यो। लगानीकर्ताको पैसा गायब भयो र ओजर फरार भए। गत वर्ष उनलाई अल्बानियाबाट इन्टरपोलको वारेन्टमा पक्राउ गरी लामो प्रक्रियापछि टर्की ल्याइएको थियो।
टर्की मिडियाका अनुसार ओजर लगानीकर्ताहरुको २ अर्ब डलर लिएर फरार भएका थिए। तर, अदालतको सुनुवाइका क्रममा थोडेक्सका लगानीकर्ताले करिब ३५ करोड ६० लाख लिराको नोक्सानी व्यहोरेको खुलासा भएको थियो। –एजेन्सी
12 minutes ago
26 minutes ago
58 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago