– अर्जुन तिमिल्सिना
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ इन्डेक्स ‘नेप्से–३०’का लागि आवश्यक कार्यविधि पारित गरेको छ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार हिजो सोमबार ‘नेप्से–३०’लाई आवश्यक कार्यविधि नेप्सेको बोर्ड बैठकबाट परित भएको हो। ‘अब यो इन्डेक्स व्यवस्थापनका लागि ७ सदस्यीय समिति बन्नेछ’, उनले भने, ‘यो समिति आवश्यक ठानेमा बाहिरबाट अन्य २ जना विज्ञलाई नेप्से–३० को व्यवस्थापनका लागि बस्ने बैठकमा बोलाउन सक्नेछ।’
आवश्यकता परेमा सञ्चालक समितिको स्वीकृतिमा अन्तर्राष्ट्रिय विज्ञलाई बोलाउन पनि सकिने पराजुलीले जानकारी दिए। ‘अब यो समितिले काम गरेपछि बढीमा १ महिना वा असोजभित्र नेप्से–३० सञ्चालनमा आउन सक्छ।’
समितिको कामकर्तव्यमा अन्तर्राष्ट्रिय अभ्यासहरु अध्ययन गरी यस कार्यविधिलाई समयसापेक्ष बनाउने रहेको छ। नयाँ इन्डेक्स विकास र हाल सञ्चालनमा रहेका इन्डेक्सलाई समयसापेक्ष बनाउने, नयाँ इन्डेक्स परीक्षण गरी सञ्चालनार्थ सञ्चालन समिति समक्षपेस गर्नेछ।
यो समितिले इन्डेक्स बास्केटको नियमित अनुगमन तथा हेरफेर र थपघट गर्न सक्नेछ।
22 minutes ago
36 minutes ago
42 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago