काठमाण्डौ । प्रूडेन्सियल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा १७ करोड १३ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा १५ करोड ३२ लाखमा सीमित थियो । 

समीक्षा अवधिमा कम्पनीले ३५ करोड १२ लाख खूद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४९ करोड ८५ लाख थियो । 

कम्पनीले यो अवधिमा ३८ करोड ५६ लाख बढीको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी २८ करोड ५९ लाखमा सीमित थियो । 

समीक्षा अवधिमा यो कम्पनीको जारी बिमालेखको संख्या १ लाख १३ हजार ९ सय ५८ रहेको छ । अघिल्लो वर्षसम्म यस्तो संख्या ८६ हजार ५ सय ६५ मा सीमित थियो । 

कम्पनीको व्यवस्थापन खर्च अचाक्ली बढेको देखिएको छ । अघिल्लो वर्षसम्म ८ करोड ८३ लाख रहेको यस्तो खर्च बढेर यो वर्ष १३ करोड २५ लाखको उचाईमा पुुगेको छ । 

समीक्षा अवधिमा कम्पनीको बिमा कोषमा ४० करोड जम्मा भएको छ । अघिल्लो वर्ष यस्तो कोषमा २३ करोड ६६ लाख जम्मा भएको थियो । 

यो कम्पनीले जगेडाकोषको आकारलाई समेत दोब्बर बढीले वृद्धि गरेको छ । अघिल्लो वर्षसम्म १६ करोड १५ लाखमा सीमित यस्तो कोष बढेर समीक्षा अवधिको अन्तसम्म ३४ करोड ३२ लाखको उचाईमा पुुगेको छ । यो कम्पनीको चुक्तापुँजी ४२ करोड ७६ लाख रहेको छ । 

यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४०.०६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २८२.८२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३५.२० गुणा कायम भएको छ ।