काठमाण्डौ । सिप्ला सेक्युरिटीजले रसुवाको गोसाईकुण्ड गाउँपालिकामा लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ ।
धुन्चेस्थित बालमन्दिरको प्राङ्गणमा आयोजित कार्यक्रममा वित्तीय साक्षरता, महिला स्वास्थ्य, सानो उद्योगका परियोजना तथा पर्यटन विकास सम्बन्धि विस्तृत जानकारि गराइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले कार्यक्रमको विषयवस्तु सबैले सिक्नै पर्ने खालको रहेको र यस्तै कार्यक्रमहरू आगामी दिनमा पनि सञ्चालन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
सिप्ला सेक्युरिटीज प्रालिका सीओओ राउल अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लामटाङ राष्ट्रिय निकुञ्ज कार्यालय प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष उत्तम थापा, सिप्ला सेक्युरिटीज प्रालिका सदस्यहरू, ओए केटीएम प्रालिका सदस्यहरु, सुरक्षाकर्मिहरू, आमा समूह, विभिन्न विद्यालयका शिक्षक शिक्षिकालगायत उपस्थिति थियो।
सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत सिप्ला सेक्युरिटीज प्रालि आयोजक रहेको उक्त कार्यक्रमको अवधारणा र व्यवस्थापन ओए केटीएम प्रालिले गरेको थियो ।
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago