काठमाण्डौ । दशैं–तिहारको अवसरमा महिन्द्राले आफ्ना ग्राहकहरुका लागि बिग, बिगर, बिगेस्ट अफर ल्याएको छ ।

“ठूलो छ अफर सबैभन्दा, ठूलै पाइन्छ महिन्द्रा किन्दा”भन्ने नाराकासाथ आएको यस अफरअन्तर्गत नेपालभरका जुनसुकै शोरुमबाट महिन्द्राको कुनै पनि गाडी किन्ने बित्तिकै ग्राहकले स्क्रयाच्मा एक तोलासम्म सुन र साथमा महिन्द्रा गस्टो १२५ स्कूटर जित्ने मौका प्राप्त गर्नेछन् ।

यसैगरी, ग्राहकले १५ दिने बम्परमा महिन्द्र मोजो ३०० सिसि अफ–रोड बाइक, इको–फ्रेण्डली बम्परमा महिन्द्रा इी ट्वान्टी र प्रिमियम बम्परमा महिन्द्रा एसयूूभी ५०० जित्न सक्नेछन् ।

यो बम्पर अफरबाहेक ग्राहकले नाडा अटो शो अवधिभर महिन्द्राको जुनसुकै सोरुमबाट गाडी किन्दा इी ट्वान्टी र महिन्द्रा गस्टो १२५ जित्ने मौका पाउने कम्पनीले जनाएको छ । साथै महिन्द्राको स्टलमा आएर गाडीमा राखेको क्यास गेस गरी लक्की ड्र बाट महिन्द्रा गस्टो १२५ जित्न सक्ने अवसर पनि दिइएको छ । 

भाद्र १३, २०७४ देखि नेपालभर सीमित अवधिको लागि मात्र लागू गरिएको यो अफर महिन्द्रा एक्सयूूभी र थारमा उपलब्ध छैन ।