काठमाण्डौ । स्वरोजगार लघुवित्तले वार्षिक साधारणसभा(एजीएम) प्रयोजनका लागि आगामी असोज २३ देखि कात्तिक ११ गतेसम्म बुक क्लोज हुने घोषणा गरेको छ । 

यो लघुवित्त संस्थाको वार्षिक साधारणसभा आगामी कात्तिक ११ गते आयोजना हुँदैछ । 

साधारणसभाले यसअघि कम्पनीको बोर्ड बैठकबाट प्रस्ताव भएको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

यो साधारणसभामा सतप्रतिशत हकप्रद पुनः निश्कासनको विशेष प्रस्ताव समेत पेश हुँदैछ । 

अघिल्लो आर्थिक वर्षको वासलात, चालुु आर्थिक वर्षका लागि लेखा परीषक नियुक्ति लगायतको बिषय समेत साधारणसभाले टुंग्याउनेछ ।