काठमाण्डौ । प्रूूडेन्सियल इन्स्योरेन्स कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र ३० प्रतिशत हकप्रद वितरणको घोषणा गरेको छ ।

सोमबार बसेको कम्पनीको १६२ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । बैठकले त्यसपछि ३० प्रतिशत हकप्रद वितरणको निर्णय समेत गरेको छ । 

घोषित हकप्रद बोनस सेयरको वितरणपछि हुन आउने चुक्तापूँजी अनुसार निश्कासन गरिनेछ । 

यी दुवै निर्णय बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्नेछ । 

यो इन्स्योरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्ष १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यो कम्पनीले १ करोड ८१ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । यो कम्पनीको चुक्तापूँजी ३५ करोड ६४ लाख रहेको छ । 

बीस प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी ४२ करोड ७६ लाख रुपैयाँ पुुग्नेछ । यस्तै, ३० प्रतिशत हकप्रद निश्कासन र व्यवस्थापनपछि चुक्तापूँजी ५५ करोड ५९ लाख पुुग्नेछ ।