काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति गरेको छ । यो बैंकले अघिल्लो वर्षको यही अवधिको तुलनामा नाफामा ३८ प्रतिशतका प्रगति हासिल गरेको हो । 

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ९४ लाख खूद नाफा आर्जन गरेकोमा यो वर्षको सोही अवधिमा बढेर ४८ करोड २५ लाखको उचाईमा पुुगेको हो । 

बैंकले खूद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति गरेको छ । अघिल्लो वर्ष ५० करोड रहेको यस्तो आम्दानी बढेर यो वर्ष ७० करोड २६ लाखको उचाईमा पुुगेको हो ।

समीक्षा अवधिमा यो बैंकले ७१ अर्ब ४२ करोड निक्षेप संकलन गरी ३९ अर्ब ८५ करोड मात्र कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ५७ अर्ब ४१ करोड निक्षेप संकलन गरी ३२ अर्ब ३९ करोड कर्जा प्रवाह गरेको थियो । 

अघिल्लो वर्षको पहिलो त्रैमासमा ५ अर्ब ११ करोड रहेको रिजर्ब बढेर यो वर्ष ८ अर्ब ५५ करोड पुुगेको छ । 

संभावित जोखिम व्यवस्थापनका लागि यो बैंकले २ करोड मात्र प्रोभिजनमा राखेको छ भने यो अवधिमा १ करोड राइट ब्याक गरेको छ । 

बैंकले खराब कर्जालाई पनि घटाएको छ । अघिल्लो वर्ष ०.३१ प्रतिशत रहेको यस्तो कर्जा घटेर ०.१८ प्रतिशतमा सीमित बन्न पुुगेको हो । 

अघिल्लो वर्ष १.३५ प्रतिशत रहेको कस्ट अफ फण्ड ३.०३ प्रतिशत पुुगेको छ। 

पूँजी बढे अनुसार नाफामा प्रगति गर्न नसक्दा यो बैंकको पनि प्रतिसेयर आम्दानीमा सामान्य गिरावट आएको छ । अघिल्लो वर्ष यही अवधिमा ४९.७० रुपैयाँ रहेको बैंकको इपीएस घटेर ४८.१८ रुपैयाँमा सीमित बन्न पुुगेको छ । यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ ३१३.४९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४५.३५ गुणा कायम भएको छ ।