EPS Illusion
काठमाण्डौ । अरुण फाइनान्स लिमीटेडले बढ्दो संचालन घाटा र ऋणात्मक रहेको जगेडाकोषबाट कम्पनीको बित्तीय स्वास्थ्य बिग्रदै गएको भयावह अवस्थालाई छल्न प्रतिसेयर आम्दानी(इपीएस)मा लगानीकर्तालाई बेवकुफ बनाउने कोशिश गरेको छ।
यो फाइनान्सले प्रतिसेयर आम्दानीको गलत तथ्य प्रस्तुत गरी भ्रम फैलाउने काम गरेको हो । कुनै पनि कम्पनीले कमाएको खुद नाफालाई त्यसको चुक्ता पुँजीले भाग गर्दा आउने नम्बरलाई सयले गुणा गरेपछि आउने प्रतिफल इपिएस हो ।
यो सूत्रको प्रयोगबाट गणना गर्दा यो फाइनान्स कम्पनीको इपीएस ३ रुपैयाँ ३९ पैसा मात्र हुन आउँछ । तर, उसले शुक्रबार प्रकाशित गरेको पहिलो त्रैमासको वित्तीय विवरणमा प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५८ पैसा रहेको भन्दै लगानीकर्ता झुक्याउने कोशिश गरेको हो ।
गत वर्षको पहिलो त्रैमाससम्म १० लाख बढी घाटामा रहेको कम्पनीले ५० लाख ९४ हजार नाफा आर्जन गरेको बित्तीय विवरण प्रकाशन गरेको छ । सँगै यो अवधिमा कम्पनीले ३ करोड ३ लाख संभावित जोखिम व्यवस्थापनबाट राइट ब्याक गरेको उल्लेख छ । यसको अर्थ यति धेरै राइट ब्याक गर्दा समेत कम्पनीको खूद नाफा चाहि ५० लाखमा सीमित हुनुुले कम्पनी अधिकांश सूचकमा धराप बन्दै गएको बुुझ्न सकिन्छ ।
अघिल्लो वर्षको यही अवधिसम्म १० लाख ५८ हजारले संचालन घाटामा रहेको यो कम्पनीको त्यस्तो घाटा बढेर समीक्षा अवधिमा २ करोड ४७ लाख पुुगेको छ ।
अघिल्लो वर्ष ८ लाख ४८ हजारमा सीमित खूद ब्याज आम्दानीलाई चाहि बढाएर २ करोड २९ लाखको उचाईमा पुर्याएको छ ।
यो अवधिमा अरुण फाइनान्सले ७ करोड ६० लाख निक्षेप संकलन गरी ४ करोड ४८ लाख कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ४ करोड २ लाख निक्षेप संकलन गरी ११ लाख मात्र कर्जा परिचालन गरेको थियो ।
यो फाइनान्स कम्पनीको जगेडाकोष समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा अझ धेरै ऋणात्मक भएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म यस्तो कोष १२ करोड ३८ लाखले ऋणात्मक थियो । समीक्षा अवधिमा त्यो बढेर १३ करोड २६ लाख पुुगेको छ ।
कम्पनीले अघिल्लो वर्षसम्म ९७.९० प्रतिशतको उच्च विन्दूमा रहेको खराब कर्जालाई घटाएर ३१.८९ प्रतिशतमा झारेको छ । यो कम्पनीको प्रतिसेयर नेटवर्थ ११.५८ रुपैयाँ रहेको छ ।
21 hours ago
22 hours ago
22 hours ago
22 hours ago
22 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago