विघटित दोलखा जिल्ला पञ्चायतको सदस्य हुँदादेखि नै राजनीतिक र सामाजिक अभियानको नशामा फसेका ६६ वर्षीय पदमबहादुर शिवाकोटीले त्यसपछिका वर्षहरुमा समेत यी दुुई क्षेत्रबाट आफूलाई बाहिर राख्न सकेनन् । ०४६ सालमा बहुदल आएपछि उनी सूर्यबहादुर थापा नेतृत्वको राप्रपामा केही समय सक्रिय भए । तर, राप्रपाको फूट्ने र जुट्ने प्रवृतिबाट दिक्क भई लामो समय सामाजिक सेवामा तल्लीन भए । लामो समयदेखि सामाजिक काममा संलग्न भइरहँदा शिवाकोटीको मनमा राजसंस्थाप्रतिको सम्मान सदैव अडिग नै रह्यो । गणतन्त्रको घोषणापछि राप्रपा नेपालको राजनीतिक एजेण्डाबाट केही आशावादी देखिएका उनी कमल थापाको घोर अवसरवादी चरित्रबाट दिक्क बने । त्यसपछि लागे राष्ट्रिय मुक्ति आन्दोलन पार्टीमा । शिवाकोटी यही पार्टीबाट प्रतिनिधिसभा निर्वाचनमा राजसंस्थासहितको गणतन्त्रको मूल मुद्धासहित समानुपातिकतर्फ उम्मेद्वार बनेका छन् । प्रस्तुत छ शिवाकोटीसँग गरिएको छोटो कुराकानी:

तपाईले किन उम्मेद्वारी दिनुुभएको ?
-यो महत्वपूर्ण समय हो । गणतन्त्रलाई संस्थागत गर्ने क्रममा महत्वपूर्ण निर्वाचन हुन लागेको छ । तर, यही बेला नक्कली राष्ट्रियताको नारा लगाउनेहरु बढी हाबी भएका छन् । हिन्दूू धर्मको पहिचानलाई नामेट गराउने खेल समेत उस्तै भयो । त्यसकारण सक्कली राष्ट्रियताको जगेर्ना, सनातन हिन्दूू राज्यको स्थापना र संवैधानिक राजसंस्थासहितको गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापनाका लागि मैले उम्मेद्वारी दिएको हुँ ।

तपाई आबद्ध ३३ दलीय मोर्चाका अन्य एजेण्डाहरु के–के छन् ?
-हामी राजालाई समर्थन गर्छौ । राजसंस्था नेपालमा अनिवार्य रहेछ भन्ने कुरा देशबासीले महसुुस गरिसकेका छन् । यहीकारण राजसंस्थालाई सबैले एकताको प्रतीक र अभिभावक मानेर अगाडि बढ्नुुपर्छ भन्ने ३३ दलीय मोर्चाको मुख्य एजेण्डा हो । ढिलोचाँडो यसमा हामी सफल भाइछाड्नेछौ। 

राजसंस्थाको समूल नष्ट गरी ल्याइएको गणतन्त्रलाई संस्थागत गर्न भइरहेको निर्वाचनमा राजसंस्था पुनस्थापनाको मुख्य एजेण्डासहित उम्मेद्वारी दिनु सान्दर्भिक भयो र ?
-सान्दर्भिक छ, किनभने हामीले गणतन्त्र अस्वीकार गर्ने भनेका छैनौं । गणतन्त्र मान्छौ, लोकतान्त्रिक मूूल्यमान्यताप्रति इमानदार छौ र बन्छौ । तर, राजसंस्थासहितको गणतन्त्र हुनुुपर्यो । अब सम्पूर्ण राष्ट्रलाई राजसंस्थाले मात्र नेतृत्व गर्न सक्छ । किनभने हामीले दोश्रो जनआन्दोलनपछि सबै पार्टीको नेतृत्व हेरियो, अनुुभव गरियो । उनीहरुको क्षमता जनताले हेरिसके । यो अवधिसम्म अधिकांश पार्टी र तिनका नेता विदेशीको कठपुतली भए । विदेशीको पोल्टामा परिसकेको हाम्रो देश र राष्ट्रिय बचाउन समेत अब राजसंस्था अनिवार्य छ । राजसंस्था भयो भने विदेशीको हस्तक्षेप हुन्न । हिजोको दिनमा राजसंस्था हुँदा अहिलेको जस्तो विदेशीहरुको हस्तक्षेप थिएन नि । 

धर्मको बिषयमा तपाईहरुको धारणा के हो ?
-हामीलाई सनातन हिन्दूूधर्मलाई प्राथमिकतामा राख्ने हिन्दूू राष्ट्र चाहियो । सबै धर्मलाई सम्मान गर्ने हिन्दू राष्ट्र चाहियो । केही नेताहरु डलरमा बिकेर गरेको धर्म निरपेक्ष राष्ट्रको घोषणा किमार्थ मानिँदैन । 

नेपाली कांग्रेसबाट असन्तुुष्टहरुले हालै स्थापना गरेको कांग्रेस(वीपी) पार्टीले समेत सनातन हिन्दूू धर्मको जगेर्ना, संवैधानिक राजसंस्था लगायतकै राजनीतिक लाइन लिएको छ । समान राजनीतिक लाइन हुनेहरुले त एकता गरेरै अगाडि बढेको भए चुनावमा बढी मत आउथ्यो होला नि ?
-हामीलाई अहिले आएर एकताको महसुस भइसकेको छ । नेपाली कांग्रेस वीपी लगायतका विचार र दर्शन मिल्नेहरुसँग कुराकानी पनि भइरहेकै छ । संभवत चुनावपछि यस्ता पार्टीबीच एकीकरण पनि होला । तर, कमल थापाजस्ता अवसरवादीसँग चाहि हामी एकता गर्दैनौ । उनले पहिला राजा चाहिन्छ भनेर संविधानसभामा राम्रो सिट ल्याए, पछि सत्ताको चास्नी चाख्न पाएपछि त्यो एजेण्डा नै पोलेर खाए । 

तपाईहरुको ३३ दलीय मोर्चाले सिट ल्याउनसक्ने आधार चाहि के त ?
-मुख्यतया राष्ट्रियताको कुरा हो यो । सनातन हिन्दूू धर्मको एजेण्डाले पनि हामीले मत पाउँछौ ।  यो व्यवस्थामा सबै अटाउन सक्छन् भन्ने हिसाबले हामीले प्रतिनिधित्व गरेका छौ । योपटकको प्रयास सार्थक भएन भने पनि दोश्रो वा तेश्रोमा त हामी सफल हुन्छौ हुन्छौ ।

तीन ठूला दललाई तपाईहरु कसरी बुुझ्नुुहुन्छ ?
-माओवादी केन्द्र, एमाले, कांग्रेस जुनसुकै पार्टी भए पनि कही न कहीबाट निर्देशित छन् । पैसाको खेलमा लागेका छन् यी ठूला दलका नेताहरु । नेपालमा उनीहरुले आफूले चाहेको काम गर्न सक्दैनन् भन्ने कुरा देखिइसकेको, सबै जनताले बुझिसकेका छन् । यहीकारण यी ठूला भनाउँदा दलको काम छैन, ढिलो चाँडो ३३ दलीय मोर्चा सफल भएर अगाडि आउनेछ ।

मतदातालाई के भन्नुुहून्छ ?
-३३ दलीय गठबन्धनलाई समर्थन गरिदिनुुहोला । तपाईको समर्थनले सार्वभौमसत्ता, राष्ट्रियता, सनातन हिन्दूधर्म, संवैधानिक राजतन्त्रलाई टेवा पुुग्छ । यी एजेण्डाहरुको कार्यान्वयनका लागि षटकोण चिन्हमा मत हालिदिन म आम मतदाताहरुमा हार्दिक अनुरोध गर्दछु ।