राजेन्द्रप्रसाद पौडेल(सीइओ)-सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेड

हाम्रो बैकिङ क्षेत्र अहिले कुन अवस्थामा हो ? 
-बैकिङ क्षेत्र बजारमा हल्ला फैलाइएको जस्तो अप्ठ्यारो अवस्थामा हुँदै होइन । किनभने अब बैकिङ क्षेत्रको बल्ल प्रस्फूटन सुरु हुन्छ । देशको आर्थिक र राजनीतिक अवस्थामा समेत अब सुधार हुनेछ । अहिलेको परिवेशमा जुन हिसाबले नेप्से परिसूचक डाउन ट्रेण्डमा छ, त्यसको ठीक उल्टो बैकिङहरु वृद्धिको लयमा कुद्न थाल्नेछन् । अबको ६ महिनादेखि एक वर्षभित्रमै यो अवस्था तपाईले देख्न पाउनुुहुन्छ । 

जुन हिसाबले बैंकहरु केन्द्रीकृत थिए, अब स्पष्ट रुपमा विकेन्द्रीकृत हिसाबले च्यानलाइज भएर जान्छन्, यसले गर्दा उद्योग धन्दाहरु, सम्पदाहरुको विकास बैंकको च्यानलमार्फत हुन थाल्छ । अनि बल्ल देशका गाउँ गाउँमा बैंकको आवश्यकताको बोध हुन थाल्छ । आजका मितिसम्म हामी बैंकहरु समेत केन्द्रीकृत प्रणालीमै कुदिरहेका छौ । हिजोको दिनमा सांग्रीला बैंक नै भन्नुुहोस्, हामी एउटा परिकल्पनासहित आएका थियौं । हामी दूरदराजबाट यहाँ आयौं । हामी यहाँ किन आयौ भन्दा नेपालको विजिनेशको ६० देखि ७० प्रतिशत बिजिनेश काठमाण्डौ, भक्तपुर र ललितपुरमा थियो र छ । तर, अब यो चिज बिस्तारै अपोजिट ढंगले जान्छ । ग्राजुएल्ली सुधार हुन थाल्छ । 

हामीमा धैर्यता छ । म १० वर्षअघि दूरदराजमा बैंक खोलेर एउटा स्पष्ट भिजनसहित अगाडि बढेको मान्छे हुँ । र, नेपालमा हामी नै पहिलो बैंक हौ, जसले क्षेत्रीय लेभलबाट राष्ट्रिय स्तरको अपग्रेड गर्ने सफलता पायो । १४ वर्ष पुरानो परियोजनालाई सम्पन्न गरेर अहिले हामी राष्ट्रियस्तरको बैंकको रुपमा ३ वटा वर्ष व्यथित गरिसकेका छौ । समग्रमा बैंकहरु अब प्रष्ट रुपमा देशको दूरदराजसम्म पुुग्नेछन् । देशको स्रोत साधन तथा सम्पूर्ण चिजहरुको परिचालन गर्नलाई बैंकहरुले सहयोग गर्न थाल्छन् र त्यसमा हामी तयार छौ । 

अब स्थिर सरकार पनि बन्ला । समृद्धिको युुग सुरु हुन्छ भनिन्छ । संघीय शासन प्रणाली सफल भए त्यसले अझ राम्रो वातावरण बनाउला । तर अहिलेको बैकिङमा क्रेडिट क्रञ्च छ भनेर निक्षेप तान्न नसुहाउने किसिमको होडबाजी चलिहेको छ । यो अवस्थाले के देखाउँछ ? अर्को, हाम्रो इकोनोमीको मेरुदण्डको रुपमा रहेको रेमिटान्स नै घट्दो अवस्थामा छ । शोधानान्तर बचत(भुक्तानी सन्तुलन) न्यून बिन्दूूमा सीमित बन्न पुुगेको छ । यी सबैलाई हेर्दा त समग्र अर्थव्यवस्था नै सकसमा फसेको हो कि भन्ने देखिन्न र ? अर्थतन्त्रसँगै बैकिङ प्रणाली पनि समस्याग्रस्त हुन थालेको हो कि भन्ने देखिन्छ नि ?
-तपाईले भनेको कुरामा मेरो अर्धसहमति हो । तपाई मान्नुहोस् या नमान्नुहोस् क्रेडिट क्रञ्चको अवस्था अहिले पनि छैन । हामीकहाँ ग्राहकलाई ऋण लिन पठाइदिनुहोस्, हामी मज्जाले दिन सक्छौ । समय बुुझ्न आवश्यक छ तपाईहरुले । किनभने पुस भनेको मिड टर्म क्लोजिङको बेला हो । यस्तो बेलामा कतिपय बैंकहरुले नयाँ लोन प्रवाह रोकेर दोश्रो त्रैमासको रिकभरितिर लाग्छन् । यस्ता कारणले समेत समस्या देखिएको हुनसक्छ, जुन दीर्घकालीन होइन । 

रेमिटान्स घटेको हो, यो राम्रो कुरा हो भन्छुु म । यो रेमिट्यान्स घट्नुु अझ आवश्यक छुु । तपाई हामीजस्ता युुवा यहाँ संघर्ष गरिरहेका छौ, हरेक अप्ठ्यारो परिस्थितिको सामना गरियो । आज एउटा संस्थामा तपाई हुनुुहुन्छ र म पनि छुु । अहिले दक्ष श्रमशक्ति विदेश गएर रियाल ५–६ सयमा बेचिएको छ । त्यति कमाई त हाम्रै माटोमा गर्न सकिन्छ नि । म सकारात्मक हिसाबले भनिरहेको छुु यी कुरा । यसकारण रेमिट्यान्स घटेर यो देश कंगाल हुँदैन । तर, त्यसको उत्खनन् हुनुपर्यो, त्यसको परिचालन हुनुपर्यो । उद्योगधन्दाको देशमा विकास गर्न सक्नुुपर्यो । त्यसकारण मेरो विचारमा रेमिट्यान्स घटेर बैंक तथा बित्तीय संस्थालाई केही गाह्रो होला, तर देश सवल हुन्छ । रेमिट्यान्सले देश सवल हुने होइन । दक्ष श्रमशक्तिको नेपालमा सदुपयोग गरेर उद्योगधन्दा खोल्न सक्यौं, नयाँ परियोजना संचालन गर्न सक्यौं र उहाँहरुलाई दक्ष बनाउन सक्यौं भने रेमिट्यान्स घटेर हामी आत्तिनुुपर्ने म देख्दिँन । 

अर्को कुरा, क्रेडिट क्रञ्चको बेला भनेर हामी अहिले पुुसको तेश्रो हप्तामा छौ । १०–१२ दिन चाहि क्रेडिटको कामहरुलाई बन्द नै गर्छौ, किनभने यो बेला रिकभरिको काम पनि बढी हुन्छ । कमाई हुने बेला हो यो । यतिबेला कतिपय बैंकहरुले लगानीलाई केही न्यून गरेका हुनसक्छन् । अहिले जुन हिसाबले ब्याजदरको प्रतिस्पर्धा देखिएको छ, निक्षेपकर्ताले राम्रो प्रतिफल पाउनुु राम्रो कुरा पनि हो । बैंकहरुले यसरी संकलन गरेको निक्षेप राम्रो क्षेत्रमा लगानी गर्न सके भने त्यसले अर्को राम्रो काम गर्छ । तर क्रेडिट क्रञ्च नै हुने अवस्था चाहि छैन । 

अहिले सरकारले विनियोजन गरेको खरबौं पैसा संघीयता र स्थानीय निकायको नाममा फ्रिज भएर बसेको छ । यस्ता कुरा छन्, जहाँ हामी पुुग्दै पुुग्दैनौ । पूर्वाधारको लगानीमा हुुनुुपर्ने पूँजीगत बाहेकका अन्य खर्च पनि हुन सकेको छैन । अर्को एउटा पक्ष, जुन हिसाबले चुनावमा खर्च भयो भन्ने कुरा आइरहेको छ, त्यो पैसा पनि रियल सेक्टर र बैकिङ च्यानलमा आउन सकेन । अहिलेको चुनावमा भएको खर्चको कुरा गर्ने हो भने बैकिङ च्यानलबाट गएको पैसाभन्दा दशौं गुणा बढी खर्च भएको हामी सुन्न पाउँछौ । भनेपछि त्यो पूँजी पनि केही अंश फर्मल च्यानलमा आउने हो भने पनि भोलिका लागि सहज अवस्था हुन्थ्यो नि त । यी विविध कुराहरुले गर्दा केही असहज अवस्था देखिएको हुनसक्छ । 

क्रेडिट क्रञ्चको अवस्था होइन भने बैंकहरुबीचको ब्याजदरको होडबाजी चाहि किन भइरहेको त ? 
-राम्रो कुरा सोध्नुुभएको छ तपाईले । यसमा एकदुुईवटा फ्याक्टरले असर गर्यो । बैंकहरुको पूँजीवृद्धिले काम गरेको छ यसमा । हिजोको दिनमा २ अर्ब भएको बैंक ८ अर्बको भयो । हामी ६४ करोडमा बस्नुुपर्ने बैंक २ अर्ब ५० करोड पुुर्याउँदैछौ । भन्नुको अर्थ क्यापिटल कुनै बास्केटमा गएर बस्यो, त्यसले त्यहाँ काम गर्यो । भोलि हामीले लगानीकर्तालाई रिटर्न दिने हिसाबले समेत बैंकहरु रस(हतार)मा कुदिरहेका छन्, यो स्वस्थ प्रतिस्पर्धा होइन । यो प्रतिस्पर्धामा हामी चाहि छैनौ । एकवर्ष मैले ५० प्रतिशत रिटर्न दिएँ, तर अर्को वर्ष १० प्रतिशतमा झर्यो भने पनि त्यसको उपदेयता रहँदैन । अस्वस्थ प्रतिस्पर्धाले बैकिङ क्षेत्र नै भोलिका दिनमा अप्ठ्यारो अवस्थामा पुुग्छ, त्यो किसिमको जोखिम लिनुुहुँदैन भन्ने मेरो मान्यता हो । यसकारण पूँजीवृद्धिका कारणले समेत बैंकहरु हतारमा हुनुपर्ने अवस्था आयो । 

अर्को, नेपाल राष्ट्रबैंक र सरकारले लिएको बैकिङ पहुँच बिस्तार गर्ने कुरा । हरेक गाउँपालिकामा बैंक पुुग्नुुपर्छ भन्ने कुरा आयो । त्यो गाउँपालिकामा बैंक पुुग्न उसको कति लगानी हुन्छ, पूर्वाधार के छ, त्यहाँ विजिनेश छ कि छैन, सुरक्षा छ कि छैन, संचारको सुविधा के छ ? भन्ने लगायतका कुराहरुमा बढी फोकस भइएको छैन । बीचमा बैंकहरु हतारमा हिँड्नुुपर्ने अवस्था पनि भयो । बैंकहरु दूरदराजसम्म जाने, शाखा बिस्तार गर्ने नै हो । एउटा गाउँपालिकामा गएर शाखा खोल्न र विजिनेश गर्नलाई निकै ठूलो लगानी गर्नुपर्छ, सम्पूर्ण रुपले पूर्वाधारहरु तयार गर्नुपर्छ । एउटा कोठा लिएर मात्र बैंक संचालन हुँदैन । हतारोको अवस्थामा लगानी भयो यसकारण । अहिले लगानी गरे ६ महिनापछि रिटर्नको बाटो हुनसक्छ भन्ने हिसाबले समेत कतिपय लगानी भएको हुनसक्छ । तर, समग्र रुपमा मैले हेर्दा कुनै पनि बैंक तथा बित्तीय संस्थाहरु अप्ठ्यारोमा भएको अवस्था छैन । तर, नचाहिँदो हतारो र अस्वस्थ प्रतिस्पर्धाले सम्पूर्ण बित्तीय बजार र अर्थतन्त्र नै बिगार्छ । 

२ अर्ब पूँजी थियो ८ अर्ब भयो । बैंक र सीइओहरु दवाबमा भए । त्यही दवाबका कारण बढी विजिनेश गर्नुपर्यो, बढी विजिनेशका लागि बढी पैसा चाहियो । अहिलेको हतारो र होडबाजी यहीकारण हो भनेर बुुझ्दा हुन्छ ?
-केही अंश हो । यसले पनि काम गरेको छ । एउटा चाहि नेपाल सरकारबाट गाउँ गाउँमा बैंक पुर्याउनुपर्छ भन्ने कुरा आयो । बैंकको पहुँच पुुग्नुुपर्छ भन्ने एउटा पाटोमा बैंकको ठूलो लगानी जाँदैछ । अर्को कुरा, जुन हिसाबले क्यापिटल बढ्यो, त्यो हिसाबले सुरक्षित लगानी गरौं भन्ने सोच हुनसक्छ । यसमा अस्वस्थ प्रतिस्पर्धा भन्दा पनि ग्राजुएल्ली(क्रमैसँग) हुनुुपर्ने थियो । जस्तो, २ अर्बको बैंक थिए भने उनीहरु ४ हुँदै ८ अर्बमा गएका भई २ वर्षको योजना हुनसक्थ्यो होला, केही सहज पनि हुन्थ्यो होला । बैंकहरुले शाखा नबढाएका पनि होइनन् । 

यो भनिरहँदा अलिक पछाडि फर्केर हेर्न आवश्यक छ । म ०६१ सालमा नेपालका माओवादी शक्ति सम्पूर्ण रुपले केन्द्रीत भएको ठाउँबाट बैंक खोल्ने मान्छेमध्येमा पर्छु । यसरी भन्ने मान्छे संभवत तपाईले कोही पाउनुुभएको पनि छैन होला । ०६१ सालमा द्वन्द्वकालको चरमउत्कर्षमा बैंक खोल्नेमध्येको सीइओमा म पर्छु । भनेपछि हिजोका कथाव्यथा पनि नभूलौं । हिजो २ सयवटा शाखा भएको वाणिज्य बैंक १ सयको हाराहारीमा झर्यो । तर, मजस्तो मान्छेले काठमाण्डौबाट गएर बैंक खोलेर काठमाण्डौसम्म पनि त ल्याइयो नि । भनेपछि कार्ययोजना र समय भयो भने सफल भइन्छ, अस्वस्थ प्रतिस्पर्धाले कहीँ पनि पुुगिन्न । स्वस्थ प्रतिस्पर्धा र योजना बनाउने समय बैंकहरुलाई चाहिने थियो, त्यो अवसर बैंकहरुले पनि पाएनन् । क्यापिटलका लागि हतारो चाहि भइरहेको हो ।

पूँजीवृद्धि लगायतको बिषयमा भएका केही कमीकमजोरी, बैंकहरुको हतारो लगायतको बिषयमा कुरा गर्नुभयो । पूँजीवृद्धिको भद्रगोल योजनाका कारण कतिपय बैंक तथा बित्तीय संस्था उकुुसमुुकसको अवस्थामा समेत छन् । हामी कहाँ–कहाँ चुक्यौ । नियमनकारी निकायबाट कहाँ चूक भयो ?
-कतिपय निर्देशन तथा सरकारको पोलिसी समयमा नआइदिंदा समेत यस्तो हुन्छ । एउटा उदाहरण: पूँजी क्रमैसँग बढिदिने परिवेश भइदिएको भए बैंकहरुले पनि योजना बनाउन पाउथे । अहिलेकै परिवेश भन्नुुहून्छ भने व्यापारिक क्षेत्रमा आउने नीति, निर्यातलाई प्रोमोसनको कुरा, आयात निरुत्साहित गर्ने कुरा लगायतका कुराहरु बैंकको लगानीसँगै अर्थतन्त्रसँग समेत जोडिने कुराहरु हुन् । हिजोका दिनमा के हुन सकेन भने नेपालको उत्पादनलाई परिमार्जन गर्दै त्यसलाई निर्यात गर्ने प्रविधिको कमी भयो देशमा । हामीसँग के नीति भएन भने इलामको चियालाई विश्वकै उच्च गुणस्तरको बनाउन सक्दैन थियौ र ? सक्थ्यौै नि । देशले त्यसमा थोरै मात्र प्राथमिकता दिएको भए संभव थियो नि । अर्को जुम्ला हुम्लाको स्याउलाई हामीले त्यसबाट शितभण्डारको व्यवस्था, आधुनिकीकरण गरेर रक्सी बनाउन सकिन्थ्यो होला । हाइ क्वालिटी रक्सी   बनाउन सकिए निर्यात हुन्थ्यो होला । जडीबुुटीको कुरा गर्नुहोस्, म नेपालगञ्जमा लामो समय बसेको हिसाबले त्यहाँ सडकमा जडीबुटी फालिएको दृश्य हेरेको छु। बोराको बोरा जडीबुटी सडकपेटीमा फालिएको हुन्थ्यो । यी चिजहरुलाई संरक्षण, प्रशोधन गर्ने पाटोमा हिजोको दिनदेखि नै सरकार लागेन । एकैचोटि त केही हुनेवाला छैन । निर्यातजन्य उत्पादनलाई प्राथमिकता दिने बिषयमा चुक भयो । 

उद्योगधन्दाको प्रिजरर्भेसनमा चुक्यौ । आयातमुखी भयौं । इकोनोमीको टर्नओभर एक्कासी हुँदैन । एउटा शितभण्डार बनाउनै पर्यो भने पनि १–२ वर्ष लाग्छ । यी कुरामा हामी चुक्यौ । 

तर, अबको संघीय प्रणालीले केही आशा जगाएको छ । अब स्थानीय क्षेत्रका व्यक्तिले नै शासन चलाउनसक्ने अवस्था सिर्जना भएको छ । यदि उहाँहरु रियल पोलिटिक्स गर्न चाहनुुहुन्छ र देश बनाउने प्रण हो भने त्यो उत्खनन् हुन्छ होला भन्ने आशा हामीले गरेका छौ । 

यो बीचमा बैंक तथा बित्तीय संस्थाहरु चाहि कहाँ चूके ?
-केही बैंक तथा बित्तीय संस्थाहरु संकटग्रस्त पनि घोषणा भए । ती पनि रिभाइभ हुँदैछन् । कुनै पनि संस्थाको विजारोपणले नै त्यसको प्रतिफलको आँकलन हुन्छ । हामीले आजभन्दा १५ वर्षअघि बैंक खोल्ने योजना बनायौं । त्यो बेलामा १ करोडमा तीन जिल्ले बैंक खुल्थ्यो । अहिले २५० को हुँदैछौ, १५ वर्षभित्रै । यसको अर्थ विजारोपण गरेको समयमा सकारात्मक सोंचसहित गर्नुभयो भने सकारात्मक बाटोमा गइन्छ । कतिपय संघसंस्था प्रतिस्पर्धी हिसाबले खुले । देखासिकीको हिसाबले समेत धेरै संस्था खोलिए । व्यवस्थापनको ज्ञान, प्रोमोटरको ज्ञान छैन, कसरी प्रतिफल लिने भन्ने नै थाहा छैन, तर पनि बैंक खोलिए । यी विविध कुराले बैंकहरु संकटमा फसे । अहिले केही संस्था रिभाइभ भएका छन् । अब चाहि बैंक भनेको के हो भन्ने बुुझेका मान्छेहरु आउँदै हुनुहुन्छ । म सकारात्मक हिसाबले के भन्न चाहन्छुु भने बैंक तथा बित्तीय संस्था सवल छन् । अस्वस्थ प्रतिस्पर्धा नगरी व्यवसाय बिस्तार गर्ने ठाउँहरु छन् । संभावना अधिक छ । स्वस्थ प्रतिस्पर्धासहित बैंक तथा बित्तीय संस्था अगाडि बढ्नुुपर्छ । 

र्षेनी क्रेडिट क्रञ्चको समस्या भोग्छौ हामी । दीर्घकालीन भिजन लिएर काम गरेको देखिएन । आयात मात्र बढेको छैन, शिक्षा र स्वास्थ्य जस्ता सेवाका लागि समेत ठूलो रकम बाहिरिरहेको छ । यी सबै कुरा हेर्र्दा नीतिगत सुधार नै हुनुपर्ने हो कि भन्ने पनि देखिन्छ । यस्तो समस्या निराकरणका लागि कसले के गर्नुपर्ला ?
-सबैभन्दा पहिला सरकारको स्पष्ट नीति आउनुपर्छ बित्तीय क्षेत्रमा । हिजोको दिनमा बैंक तथा बित्तीय संस्थाको पहँुच पुर्याउनुपर्छ भन्ने नीतिबाट विकास बैंक खुलेका हुन् । अहिले हामी मर्जरमा किन गयौ  ? अहिले फेरि माइक्रोफाइनान्स खुल्दैछन् । देशमा बित्तीय स्थायीत्वका लागि नीति प्रष्ट हुनुपर्छ । केही नभए पनि कम्तीमा १० वर्षको रोडम्याप त चाहियो नि । हिजोको दिनमा बैंक तथा बित्तीय संस्थाहरु किन मर्ज भए भन्दा अन्तराष्ट्रिय दवाब आयो भन्ने कुरा पनि आयो । 

बहुदलीय व्यवस्था जब आयो, बैंक तथा बित्तीय संस्थाहरुलाई सब्सिडी दिएर यो लेभलको विकास भएको हो र ? संचारको क्षेत्रलाई कुनै सब्सिडी दिएको छ ? शिक्षामा कसैले सब्सिडी दिएको छ ? छैन नि । भनेपछि व्यवसायी त रहेछन् नि त, लगानीयोग्य वातावरण हुनुपर्यो, सुरक्षाको प्रत्याभूति हुनुुपर्छ । वैदेशिक लगानी ल्याउन स्पष्ट नीति हुनुपर्छ । राम्रो बित्तीय नीति हुने हो भने विदेशीहरु पनि लगानी गर्न आतुर छन् । रिटर्नको समेत निश्चितता हुनुपर्छ । बित्तीय क्षेत्रमा अगाडि बढ्न र सवल हुन त्यति गाह्रो छैन । बित्तीय क्षेत्रमा भएका श्रमशक्तिलाई दक्ष बनाउन सक्नुुपर्यो, त्यो हामीले नै गर्ने हो । हामीले सरकारको मुख हेरेका छैनौ र हेर्दैनौ पनि । पूर्वाधार सरकारले बनाइदिनुपुर्यो, एक्सेस सरकारले बनाइदिन पर्यो । सरकार, नेपाल राष्ट्रबैंक र लगानीकर्ताको काम के हो भन्ने कुरा प्रष्ट हुनुपर्छ । यसरी जान सकियो भने देश समृद्ध हुन्छ । हरेक क्षेत्र सवल र सक्षम हुन्छन् । 

बैंकहरुको संख्या धेरै भएर पनि गञ्जागोलपूर्ण अवस्था भएको हो ? 
-मेरो विचारमा संख्यात्मक वृद्धि भन्दा पनि एक्सेस(पहुँच)को वृद्धि बढी आवश्यक छ । केही समयअघि बित्तीय संस्था खोल्ने कुरालाई बढी प्राथमिकता दिइयो । बरु त्यतिबेला नै बैंकहरु गाउँ जानुुहोस् भनिदिनुपथ्र्यो । समय र परिवेशले धेरै कुराको निर्धारण गर्छ । हिजो त्यो परिवेश र समयले देशको नीति निर्माण गर्ने मानिसलाई पनि अप्ठ्यारो पथ्र्यो, माओवादी कालमा गाउँसम्म बैंक जाने अवस्था पनि थिएन । चाहँदा पनि गर्न सकिने अवस्था थिएन । अहिलेको समय हेर्दा, देश पनि संघीयताको खाकामा गइसकेको अवस्था, अर्को बैंकको पहुँच हिजोको जस्तो अप्ठ्यारो हुने अवस्था पनि छैन । २ जिल्लाबाहेक सबै जिल्लामा बाटोको पहुँच पुगिसकेको अवस्था छ। बैंक तथा बित्तीय संस्था, उद्योगधन्दा पनि गाउँ–गाउँमा पुुग्ने वातावरण बन्दैछ । 

अहिलेको परिवेशमा संख्या धेरै भयो । कामको प्रकृति उस्तै छ, वाणिज्य बैंक, विकास बैंक नाम मात्र फरक भयो । यी सबैलाई घटाउनुुपर्छ । पूँजी २० अर्ब पुर्याऔ, १५–१६ वटा संख्या बनाऔ भन्ने तर्क पनि आउन थालेको छ नि बजारमा ?

-बैंकहरुको पहूच पुुग्नुपर्छ । जुन हिसाबले स्थानीय क्षेत्रमा बैंक बित्तीय संस्था खुले, त्यहीँको स्रोतसाधन र लगानीकर्ता सहभागी भएर आएको अवस्था हो हिजो । अहिलेको परिस्थिति केही फरक भइसकेको छ । बैंक तथा बित्तीय संस्थाहरुको माइक्रो सेक्टर, एसएमई, अर्बान सेक्टर र पूर्वाधारमा समेत लगानी छ । जुन हिसाबले यी संस्थाहरु छन्, संख्या घट्दो अवस्थामै छ । मर्जर एक्वीजिसन नभएका धेरै संस्थाहरु छन्, त्यसले गर्दा हामीले जुन हिसाबले बैंकको पहँुच पुर्याउने कुरा गरिरहेका छौ, उहाँहरुलाई त्यही ठाउँमा काम गर्न दिंदा कुनै गाह्रो हुन्न । हिजोको दिनमा शहरमा भन्दा त्यसभन्दा बाहिर खुलेका विकास बैंक किन सफल भएका छन् । किनभने त्यहाँको क्लोज अनुुगमन र एक्सेसले गर्दा पनि त्यो काम भयो । भेरिफिकेसनको कुरा सहज थियो । म यहाँ बसेर जुम्लाको हरेक ग्राहकलाई भेरिफाइ गर्न गाह्रो छ । केन्द्रीकृत संस्थालाई पहुँच बढाउँदै जाने हो भने क्षेत्रगत रुपमा काम गर्नेलाई समेत दिने अवस्था हुनुुपर्छ । संख्यामा नजाऔं, सेवाको गुणस्तरीयता चाहि हेर्नुपर्छ । 

अब सेयर बजारको कुरा गरौं । अहिलेको बजारलाई कसरी विश्लेषण गर्नुभएको छ ?
-अहिले घट्दो अवस्थामा छ । व्यक्तिगत रुपमा भन्नुुहून्छ भने म सेयर बजारमा खासै चासो नराख्ने मान्छे हुँ । मैले आफ्नो बैंकको सेयरमूल्य आफैंले थाहा पाउँदिन । म त्योसँग त्यति प्रतिस्पर्धा गर्न चाहन्न । मेरो आजको रेट एउटा होला, मैले राम्रो गरेँ भने मेरो प्राइस बढ्छ, त्यो निश्चित हो । समग्र बजारको कुरा गर्दा अहिलेको अवस्थाले केही नेगेटिभ साइनिङ देखिन्छ । पूँजीबजार पनि ठूलो उद्योग हो, त्यहाँ ठूला लगानी छ, विभिन्न व्यक्ति र संघसंस्थाले लगानी गरेका छन् । त्यसको समेत सुरक्षा हुनुुपर्छ । सेयर बजार भनेको कसैले गुमाउँछ र कसैले कमाउँछ । यो नकारात्मक हुनु राम्रो होइन । 

चुनावपछि बजार बुम हुने धेरैको आशा थियो, तर भएन, किन नकारात्मक गतिमा कुदेको होला बजार ? 
-चुनावपछि सकारात्मक हुन्छ कि भन्ने थियो, तर केही नकारात्मक नै भयो बजार । यति धेरै घट्न नपर्ने हो । राजनीतिक परिदृश्य जे भए पनि देशको अर्थतन्त्र सवल बन्नुपर्छ भन्ने मान्यता राख्नुुपर्छ। तर म विश्वस्त छु, सरकारको गठनपछि यो माथि जान्छ । यदि बजार माथि गएन भने पूँजी पलायनको ठूलो संभावना छ । स्थिर सरकार बन्यो भने सेयर बजारले फड्को मार्छ । सेयर बजारको बिषयमा दख्खल राख्ने केही मानिसहरु हुनुहुन्छ, जो अहिलेको समयलाईसही समय हो र यसलाई ग्राब गर्न चनाखो भएर बस्नुुभएको । किनभने बजार जब घट्छ, तब बल्ल बढ्न सुरु हुन्छ । यसले गर्दा यदि सरकार सवल भयो, गठन भयो र उसले ल्याएको कार्ययोजना अगाडि बढ्ने रोडम्याप बढ्यो भने नेपालको सेयर बजार धेरै माथि पुुग्छ । अब त्यो ट्रेण्डमा गएन भने देशकै लागि दुुर्भाग्य हुन्छ । यो राजनीतिसँग जोडिन्छ अब । किनभने सेयर बजार राजनीतिक स्थिरतासँगै माथि जानुपर्छ । इकोनोमीको स्थिरता र विकासको प्रारुप देखिनका लागि समेत त्यो अत्यावश्यक छ । 

शासन व्यवस्था विकेन्द्रीकृत छ । प्रदेशहरुमा अवसरहरु धेरै छन्, बैंकहरुका लागि पनि अवसर होला । तपाईको बैंकको आगामी योजना के छ ?
-हामी राष्ट्रिय स्तरको बैंक भएको ३ वर्ष मात्र भयो । अहिले हाम्रो पूँजी १ अर्ब ३५ करोड छ । अहिले राइट सेयर जारी छ ।। त्यसपछि साढे २ अर्ब पूँजी पुुग्छ । हाम्रो अहिले ३६ वटा शाखा छन्, ६ वटा माइक्रोफाइनान्स युनिटहरु चलाइरहेका छौ । जुन हिसाबले पूँजी बढ्दैछ, हामी पनि बिस्तारको चरणमा छौ । हामी ग्राजुुएल्ली जान्छौ । हामी अहिले सुदुरपश्चिम र पूर्वाञ्चलमा कम छौ । यो बर्षभित्र हामीले २० वटा नयाँ शाखा थप्छौ । 

लगानीकर्ताहरुको पनि स्वभाविक अपेक्षा हुन्छ । तपाईको नेतृत्वबाट उहाँहरुले आगामी दिनमा कस्तो आशा गर्न सक्लान् ?
-हिजोको दिनको हिसाबले हेर्ने हो भने पनि २ वर्षअघि साढे १६ प्रतिशत र पोहोर साल २०.८५ प्रतिशत प्रतिफल दिएकै हो । अहिलेकै पूँजीको हिसाबले हेर्नुहुन्छ भने करिब २२ प्रतिशतको हाराहारीमा दिनसक्ने अवस्था छ । तर, अब जुन क्यापिटल बढ्दैछ, त्यसलाई पनि दिनुपर्ने अवस्था आयो भने प्रतिशतको हिसाबले कम हुन्छ । हामी सेयरधनीलाई न्यूनतम १५ प्रतिशत रिटर्न दिनुपर्छ भन्ने कुरामा प्रतिबद्ध र दृढ छौ । चलेको ब्याजदर भन्दा बढी दिन सकिएन भने लगानीकर्ता निराश बन्नुुपर्छ । १५ प्रतिशत भन्दा बढी मुनाफा दिने गरी काम अगाडि बढाउँछौ । सेयरहोल्डरहरुले पनि बुुझ्नुुभएकै छ, बैंकले जति आफूलाई बिस्तार गर्दै जान्छ, उति नै विजिनेश बढाउँछ । जति विजिनेश बढ्यो, प्रतिफल पनि उसैगरी बढ्ने हो । 

अबको ५ वर्षपछि राष्ट्रिय स्तरको विकास बैंकको समूहमा सांग्रीला बैंकलाई कहाँ देख्न पाइएला ?
-नेपाल राष्ट्रबैंकको नीति निर्देशन मानेर हिँडिरहेका छौ, हिँड्छौ । हामी दीर्घकालीन सोंचसहित अगाडि बढ्छौ । हिजोको दिनमा ३ जिल्ले बैंक आज राष्ट्रिय स्तरको बन्यौ । भोलिको गन्तव्य भनेको वाणिज्य बैंक नै हुने भन्ने हो । हामी सक्यौ भने विदेशको लगानी पनि ल्याउने प्रयास गर्छौ, त्यो हिसाबको योजना रहन्छ । देशको प्रमुख शहर र दूरदराजसम्म बैंकको पहुँच पुर्याउँछौ । दक्ष श्रमशक्तिको उत्पादन गर्छौ, त्यो बाहेक प्रविधिलाई अझ मजबुत बनाउँछौ । सुदृढ र सक्षम बैंक बनाउन चाहन्छौ । देशमा एउटा सफल विकास बैंक हुँदै वाणिज्य बैंकको रुपमा अगाडि बढेको संस्थाको रुपमा हामीलाई देख्नुुहुन्छ । सक्यौ भने वाणिज्य बैंक बन्नेछौ, भएन भने देशमा एउटा सवल र सक्षम राष्ट्रिय स्तरको विकास बैंकको रुपमा अलग पहिचानसहित स्थापित हुनेछौ ।