काठमाण्डौ । नेपालका लागि महिन्द्रा गाडीहरुको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले आइतबारदेखि महिन्द्रा फोर ह्वील गाडीहरुका लागि नेपाल अधिराज्यभर रहेका कम्पनीका आधिकारिक वर्कसपहरुबाट एकैसाथ फ्रि सर्भिसिङ्गको व्यवस्था मिलाएको छ । 

महिन्द्रा फ्रि मेगा सर्भिस क्याम्प योजना यही पुस महिनाको २४ देखि २८ गतेसम्म सञ्चालन गरिंदै छ । यो योजनामा निःशुल्क सर्भिसिङ्गको साथै स्पेयर पार्ट, लुब्रिकेन्ट, तथा अन्य एक्सोसरिजहरुमा पनि विशेष छुटको व्यवस्था मिलाइएको छ । कम्पनीले स्पेयर पार्टस खरिदमा १२ प्रतिशत, लुब्रिकेन्टमा १५ प्रतिशत तथा एक्सोसरिजहरुको खरिदमा विशेष छुटको व्यवस्था मिलाएको छ । 

यो मेगा सर्भिस क्याम्पमा महिन्द्रा गाडीलाई दक्ष प्राविधिकहरुले गाडीका विभिन्न ७५ जाँच गर्दछन्। यो फ्रि सर्भिसिङ्ग सेवाका लागि ग्राहकहरुले आफ्नो नजिकै रहेको महिन्द्राको आधिकारिक वर्कसपमा सम्पर्क राखी बुकिङ्ग गर्न सकिनेछ ।