काठमाण्डौ । स्याण्डविच पफ प्यानलको उत्पादन स्वदेशमा नै हुन थालेपछि भूकम्पीय जोखिमबाट सुरक्षित आवास निर्माण अभियानले नेपालमा नयाँ मोड लिएको छ ।
अत्यन्तै कम तौल हुने यस प्रकारका प्यानलहरू फलामे संरचना अथवा सिमेन्टका पिलरहरूमा जडान गरी प्रयोग गरिन्छ । यस्ता प्यानलबाट बनेका आवासहरू भूकम्पप्रतिरोधी मात्र नभई तातो चिसोको असरबाट पनि मुक्त हुन्छन् ।
अत्याधुनिक मेसिनको सहायताबाट ग्यल्भनाइज्ड गरिएका दुईवटा रंगिन पाताको बीचमा पोलीयुरेथिन इन्जेक्ट गरी यस प्रकारका प्यानलको उत्पादन गर्ने प्रविधि भरतपुर-९, चितवनमा अवस्थित स्याण्डविच होम सोलुसन प्रा. ली.ले नेपालमा भित्र्याएको हो ।
कम्पनीका बजार अधिकृत दिनेश लामिछानेकाअनुसार सिमेन्ट कंक्रिट प्रयोग गरी बनाइने घरको तुलनामा स्याण्डविच प्यानलबाट निकै सुपथ मूल्यमा घर तयार गर्न सकिन्छ । स्याण्डविच प्यानललाई पानी, किरा(धमिरा) र मुसाले नबिगार्ने हुनाले घरको आयु पनि निकै लामो हुन्छ ।
उपभोक्ताको सुविधालाई ध्यानमा राखी कम्पनीले आफ्नै प्राविधिकहरु प्रयोग गरेर पनि घरहरु निर्माण गरिदिने गरेको छ ।
कम्पनीका संचालकहरूका अनुसार स्याण्डविच पफ प्यानलको प्रयोग घर निर्माणमा मात्र नभई कार्यालय भवन, कुखुराको खोर, कारखाना, गोदाम, परियोजनाका अस्थाई आवास आदिको निर्माणमा पनि गर्न सकिन्छ ।
19 hours ago
20 hours ago
21 hours ago
21 hours ago
21 hours ago
21 hours ago
22 hours ago
22 hours ago
22 hours ago
23 hours ago