काठमाण्डौ । विगत केही दिनदेखि तराइका विभिन्न स्थानमा चलेको शितलहर  प्रभावितहरुका लागि आइएमई फाउन्डेशनले ब्ल्याङ्केट वितरण गरेको छ ।

प्रभावित घरपरिवारका सदस्यहरुलाई तत्काल राहात होस् भन्ने उद्देश्यका साथ आइएमई फाउन्डेसनबाट खटिएका प्रतिनिधि र आइएमई ग्रुपका स्थानीय व्यवसायिक साझेदारहरुले सिरहास्थित गोलबजार नगरपालिका–०३, जमदह र कल्याणपुर नगरपालिका–०७, भेडियाका साथै सप्तरीस्थित राजविराज नगरपालिका–०९, मलेठ र खड्क नगरपालिका–०३, बानरझुलामा रहेका आर्थिक रुपमा विपन्न एकसय घरपरिवारलाई ब्ल्याङ्केट वितरण गरेको हो ।

आइएमई फाउन्डेशनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शितलहरले प्रभावित परिवारहरुलाई राहत वितरण गर्ने निर्णय गरेको थियो ।

आइएमई फाउन्डेशन मिति २०६६ सालमा दर्ता भएको संस्था हो ।  आइएमई ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित क्रियाकलाप यही फाउन्डेशनमार्फत् गर्दै आएको छ ।