काठमाण्डौ । अग्नि गु्रपले महिन्द्रा गाडीहरुका लागि हालै थ्रीएस अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्टस्हरुको सेवा प्रदान गर्ने उद्देश्यसहित ताप्लेजुङमा आधिकारिक शोरुमको समुद्घाटन गरेको छ । 

अग्नि ग्रुपको यो शोरुम फागुन ७ गतेबाट शुभारम्भ गरिएको हो। 

हालै प्रस्तुत गरिएको ताप्लेजुङको शोरुमको समुद्घाटन सांसद बलबहादुर सम्सोहाङ्ग, तपस पट्नायक (महिन्द्राका सर्भिस कन्ट्रि म्यानेजर), रामेश्वर महर्जन(अग्नि इन्कर्पोरेटेडका कार्यकारी अधिकृत) तथा अमित चौधरी(अग्नि इन्कर्पोरेटेडका सर्भिस हेड)ले सामूहिक रुपमा गरेका थिए । 

शोरुमको शुभारम्भपछि यस क्षेत्र तथा आसपासका ग्राहकहरुले सर्वसुलभ एवं सहज तरिकाबाट कम्पनीका थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयरपार्टस् सम्बन्धी गुणस्तरीय सेवा प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

कम्पनी पछिल्लो समय केवल सवारी विक्री गर्न तर्फमात्र केन्द्रित नभई ग्राहकमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टस्हरुको सर्वसुलभतातर्फ पनि केन्द्रीत छ । चाहिएको बेला सर्वसुलभ तरिकाबाट गाडी खरिद, सर्भिसिङ्ग तथा समयमै ग्राहकहरुलाई स्पेयरपार्टस्हरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य रहदैं आएको छ ।