काठमाण्डौ । प्रूडेन्सियल इन्स्योरेन्स कम्पनी लिमीटेडको सेयर सस्तोमै पाउने अवसर खुलेको छ । यो कम्पनीले आगामी फागुन २८ गतेदेखि १२ हजार ५ सय ३ कित्ता सेयर लिलामीबाट बिक्रीका लागि बोलपत्र आह्वान गरेको हो । 

यो कम्पनीले गत पुस १६ गतेदेखि माघ २१ ग्तेसम्म ३० प्रतिशतको दरले हकप्रद सेयर निश्कासन गरेको थियो । सो क्रममा बिक्री नभएको कित्ता बोलकबोलबाट बिक्री गर्न लागेको हो । 

इच्छुक लगानीकर्ताले आगामी चैत ५ गतेभित्र बोलपत्र पेश गर्न सक्नेछन् । 

इच्छुकले न्यूनतम १०० कित्ता र न्यूनतम १०० रुपैयाँ दर तोकेर बोलपत्र पेश गर्न सक्ने सूचनामा उल्लेख छ । 

बोलपत्र निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइसी एशिया क्यापिटलले गर्नेछ । 

इच्छुकले एनआइसी एशिया क्यापिटलको मुख्य कार्यालय, प्रूडेन्सियल इन्स्योरेन्सका सबै शाखा कार्यालयबाट बोलपत्र दर्ता गराउनसक्नेछन् । 

यो बिमा कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता ६७० रुपैयाँ रहेको छ । कम्पनीले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ६ करोड २८ लाख खूद नाफा आर्जन गरेको थियो।