भवानी राणा-अध्यक्ष-नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)

उद्योग वाणिज्य महासंघलाई देशका उद्यमी, व्यवसायी, सर्वसाधारणले निजी क्षेत्रको छाता संगठन भनेर बुुझ्छन् । तपाई महासंघलाई नेतृत्व गर्ने पहिलो महिला हुनुुहुन्छ । महासंघको नेतृत्व गर्दै गर्दा जे–जस्तो प्रतिबद्धता गर्नुभएको थियो, एकवर्षको अवधिमा के–के पूरा भए?
-महासंघको ५० वर्षको इतिहासमा म पहिलो महिला अध्यक्ष हुँ । यो बिषय महिलाका लागि मात्र नभई सबैका लागि गर्व गर्न लायक हुन्छ होला । विकासको क्रममा महिला र पुरुष सँगसँगै हिँड्नुुपर्छ भन्ने मेरो पहिलादेखिकै धारणा हो । र, मैले यो ठाउँमा पुुग्नका लागि पहिलादेखि नै निकै मेहेनत समेत गरेको थिएँ । झण्डै १४ वर्षजति महासंघमा बसेर विभिन्न रुपमा काम गरेँ । मनोनीत सदस्यदेखि निर्वाचित सदस्य हुँदै महिला सभापति, उपाध्यक्ष, वरिष्ठ हुँदै आज यो ठाउँमा आइपुगेको हुँ । हिजोका दिनमा यहाँसम्म आउन निकै चुनौति थियो, तर त्योसँगै संभावना पनि । 

नेपालका समग्र उद्योगी व्यवसायीहरुको छाता संगठन भएको नाताले उनीहरुका लागि राम्रो व्यवसाय प्रवद्र्धनको कार्य गर्ने, नेपाललाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन सरकारसँग सहकार्य गर्ने र देशमा भएका संभावनाहरुलाई कसरी आर्थिक रुपमा परिचालन गर्ने, देशमा भएका उद्योग व्यवसायलाई कसरी सुरक्षित गर्ने र यी सबै वातावरण बनाई कसरी बढी भन्दा बढी लगानी भित्र्याई रोजगारीको सिर्जना गर्ने भन्ने बिषय नै मेरा पनि लक्ष्य हुन् । महासंघको नेतृत्वले विगतदेखि नै यी काम गर्दै आएको छ । तर, म नेतृत्वमा पुुगेपछि यी जिम्मेवारीको अलावा एउटा महिला भएको नाताले महिला उद्यमशीलता विकास तथा महिलाहरुमा नेतृत्व क्षमता विकासका लागि के काम गर्न सकिन्छ भनेर सोच्नुु पनि मेरो जिम्मेवारीभित्र पर्दछ । 

नेतृत्व गर्ने व्यक्तिको सबैभन्दा ठूलो दायीत्व हुन्छ, तर संस्थालाई सफल बनाउन टिमवर्कको भावनाको विकास सबैभन्दा महत्वपूर्ण कुरा हो । म एक्लै यो ठाउँमा पुुगेको पनि होइन, सबैजना मिलेर नै यो ठाउँमा आएका हौ । यसकारण राम्रो टिमवर्क भयो भने मात्रै कुनै पनि ठाउँमा हामीले राम्रो काम गर्नसक्छौ । महासंघको नेतृत्वमा म आउँदै गर्दा मेरो जुन टिम बन्यो, यो निकै लोभलाग्दो टिम भएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, कार्यकारिणीका सदस्यहरु सबै जोसजाँगरले भरिएका युवाहरु हुनुुहुन्छ । म आफूलाई भाग्यमानी पनि ठान्छु, कारण मैले यति उत्साही र उर्जावान साथीहरुको बलियो टिम पाएकी छिु। 

मेरो कार्यकालको पहिलो एकवर्ष पनि पूरा हुन लागेको छ । यो क्रममा मुलुकमै एउटा परिवर्तन पनि भएको छ । लामो समयदेखि निजी क्षेत्रले पनि नयाँ संविधान जारी र स्थायी सरकारको माग उठाउँदै आएको थियो, त्यो पूरा भएको छ । संविधान जारी भएपछि विभिन्न निर्वाचनहरु पनि भए । यसले गर्दा हाम्रो पनि करिब ८ महिना निर्वाचनमै गयो । अब योसँगै स्थायी सरकार आएपछि हामीले उठाउँदै आएका अजेण्डाहरु स्थायी सरकारसामु राख्ने समय आएको छ । मुलुकलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउन सरकारसँग सहकार्य गरेर प्रभावकारी कार्य गर्ने सही समय पनि आएको महसुुस गरेको छु। 

महासंघकै पहिलो नारी अध्यक्ष भएर चर्चा बटुुल्नुु भयो । तर, तपाईलाई अध्यक्ष बनाउनैका लागि विधान संसोधनको खेल भयो भन्ने पनि सुनियो, त्यसपछि पनि महासंघसँग जोडिएका कतिपय विवादित बिषयहरु आइरहेका छन् । यसलाई चाहि कसरी बुुझ्ने ? तपाईमाथिका आक्षेप मात्र हुन् कि यो एकवर्षमा तपाई पनि कतै चुक्नुुभयो ?
-कुनै पनि मानिस नेतृत्वमा पुुगेर केही गरौं भनी अगाडि बढ्दा त्यहाँ वाधा व्यवधान, विवाद वा विरोधका केही स्वरहरु सुनिनुु अनौठो बिषय होइन । कुनै विवादमा नपर्न वा कसैको विरोधको सामना नगर्ने हो भने घरमा केही नगरी बस्नुुपर्यो, होइन भने नेतृत्वमा पुुगेपछि अवश्य नै कतिपय कुराहरु उठ्छन् । तर, मेरा लागि निजी क्षेत्रको छाता संगठनको नेतृत्वमा पुुग्ने बाटो सहज थिएन, धेरै चुनौति र प्रतिस्पर्धा पनि थियो । अगाडिदेखि नै चुनाव लड्दै आएको र वरिष्ठ उपाध्यक्ष पनि चुनाव नै लडेर भएकी हुँ । पछिल्लो समय महासंघमा धेरै राजनीति हुन थाल्यो र यसलाई अन्त गर्नका लागि विधान संसोधन भएको बुुझ्नुपर्यो ।

महासंघ भनेको एउटा विशुद्ध निजी क्षेत्रको संस्था हो । निजी क्षेत्रको हकहित, व्यवसाय प्रवद्र्धन, रोजगारी वृद्धि, देशको समृद्धि तथा विदेशी लगानी भित्र्याउने तथा लगानीमैत्री वातावरण बनाउनका लागि यो संस्था स्थापना भएको हो । हामीले संस्थालाई धेरैभन्दा धेरै समय दिएका हुन्छौ । तर, बीचको ८–१० वर्षको अवधिमा संस्थाको हित वा अजेण्डामा लाग्नुुभन्दा पनि बढी राजनीति लाग्ने काम भयो । हामीले आफैंभित्र फोहोरी राजनीति गर्न थाल्यौं । एउटा निर्वाचन नसकिँदै अर्को निर्वाचनबाट को आउने भनेर राजनीति सुरु हुन थाल्यो । अनि गुट बन्न थाले, तानातानको अवस्था भयो । त्यसकारण यस्तो गलत प्रवृतिलाई अन्त गर्नुपर्यो भन्ने कुरा आयो । कम्तीमा वरिष्ठ उपाध्यक्ष भएर गएको व्यक्ति त धेरै खारिएर त्यहाँ पुुगेको हुन्छ । किनभने उपाध्यक्ष बन्नलाई दुुईपटक सदस्य बन्नुपर्छ । यसकारण कोही व्यक्ति लामो समय काम गर्दै गर्दै खारिएर वरिष्ठ उपाध्यक्षमा आएको हुन्छ, तर यस्तो राजनीति हुन थाल्यो कि गुटबन्दीको कोपभाजनमा पुुगेर खारिएर वरिष्ठ उपाध्यक्षसम्म पुुगेको व्यक्तिले नेतृत्व गर्न पाउन छाड्यो । त्यसकारण अब चाहि वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्न पाउने व्यवस्था हुनुुपर्छ भन्ने आवाज उठ्न थाल्यो । वरिष्ठ भएपछि सिक्ने मौका पनि पाउँछ, उसले भोलि नेतृत्व गर्दा के के आवश्यक हुन्छ भन्ने कुरा पनि बुुझ्छ । त्यसकारण वरिष्ठ भएको व्यक्तिलाई अध्यक्षमा लैजाँदा राम्रो हुन्छ भन्ने कोणबाट समेत हामीले सोच्ने काम गर्यौं । यो कुरा मेरो पालामा होइन, पहिला नै उठेको हो । म उपाध्यक्ष हुँदा सुरज वैद्य अध्यक्ष हुनुुहुन्थ्यो । भास्करराज राजकर्णिकार वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँलाई पनि विधान संसोधन गरेर वरिष्ठमा लग्ने भन्ने कुरा पनि थियो, धेरै गृहकार्य पनि भएको थियो । कारणवश, त्यतिबेला त्यो कुरा हुन सकेन । तर, मेरो पालामा चाहि अवश्य पनि त्यो कुरा निरन्तर भयो । त्यो एउटा मात्र संयोग मात्र थियो । विधान संसोधन नै भएको थिएन भने पनि म चाहि चुनाव लडेरै अध्यक्ष बन्न तयार भइसकेकी थिएँ ।

मैले विगतमा जिल्ला–जिल्लामा भिजेर काम गरेँ । जिल्लाका साथीहरुले पनि भन्नुुहून्छ–भवानी दिदी भएकै कारणले यो विधान संसोधन भएको हो, नभए गाह्रो हुन्थ्यो । संयोगका कारणले म यो ठाउँमा आइपुुगेँ । पछिका लागि राम्रो हुन्छ कि भनेर यो बाटोबाट अगाडि बढ्यौ । जस्तोः अहिले वरिष्ठ उपाध्यक्ष शेखर हुनुहुन्छ, उहाँले मलाई सहयोग गर्नुहुन्छ । उहाँले यो अवधिमा यो कार्य यसरी गर्नुपर्दो रहेछ भनेर सिक्नुुहुन्छ, थप खारिनुुहुन्छ र बिल्कुल नयाँ मान्छे आउनुभन्दा त उहाँ अध्यक्षमा जानुुभयो भने राम्रो हुन्छ । विधान भनेको एउटा प्रक्रिया हो । यो प्रणाली भोलिका दिनमा राम्रो भएन भने फेरि परिवर्तन हुनसक्छ, फेरि पनि विधान संसोधन हुनसक्छ । तर, मेरै लागि भनेर विधान संसोधन भएको होइन । 

विधान संसोधन पनि एकदुुईजनाले चाहेर भएको होइन । देशभरका सबै सदस्य थिए, त्यहाँबाट ध्वनि मतले पास भएको हो । एउटा पनि विरोध सुनिएन त्यसबेला । मेरै लागि यो डिजाइन भएको थियो भने त कोही न कोही त विरोधमा आउथ्यो होला नि । म आउने भनेर साथीहरुले यत्ति सहयोग गरिदिनुुभयो, यसका लागि साथीहरुलाई धन्यवाद दिनुुभयो । यो प्रणालीले राम्रो सुरुवात गर्छ भनेर नै उहाँहरुले विधान संसोधनको प्रस्ताव पारित गरिदिनुुभएको मेरो बुुझाई छ । अहिलेको समयमा कसैलाई फकाएर, तर्साएर केही पनि गराउन सकिन्न ।

विधान संसोधनको मुद्धा उठेपछि त्यही इस्यूमा महासंघ विभाजित देखियो । पूर्वअध्यक्षहरुले विज्ञप्ति नै निकालेर विरोध जनाए । एउटा ठूलो समूह असन्तुुष्ट भई बाहिरै रहेको देखियो । तर पनि सर्वोच्च निकाय साधारणसभाबाट ध्वनि मतले पारित भएपछि त्यो कार्यान्वयनमा आउने नै भयो । विधान संसोधन भयो, धेरैले आशा गरेका थिए–भवानी राणा अध्यक्ष भएपछि अब विधान संसोधनको नाममा विभाजित देखिएको महासंघ एक होला, त्यही बिषयमा छरपस्ट भएका असन्तुष्टिहरुको सही व्यवस्थापन होला । तर, त्यसबेलाका ती असन्तुष्टिहरु अहिलेसम्म व्यवस्थापन हुन सकेको देखिएन । बरु पछिल्लोकालमा असन्तुष्टि झनै बढेको देखियो । यसलाई चाहि कसरी बुुझ्ने ?
-महासंघ विभाजित भयो भन्ने कुरामा म सहमत हुन सक्दिँन । किनभने अहिले पनि हामी पदाधिकारीबीच निकै राम्रो एकता छ । एउटा इस्यूू ल्याएपछि ओके भनिन्छ, कुनै मतभेद छैन र हामी विभाजित पनि छैनौं । 

होइन, होइन मैले भनेको चाहि विधान संसोधन हुनुहुँदैन भन्ने पक्षमा रहेका पूर्व अध्यक्ष तथा पूर्व पदाधिकारीहरुसँगको मतभेदको त व्यवस्थापन हुन सकेन नि त ?
-हिजोको दिनमा त्यो समूहबाट किशोर प्रधानजी जिल्ला नगर उपाध्यक्षमा उठ्नुुभएको थियो, अहिले उहाँ हामीसँगै हुनुहुन्छ,  उहाँलाई समेटेर लगेकै छौ । हामीले सबैलाई अटाएका छौ । जस्तै, शंकर पाण्डे जी त्यही समूहबाट वस्तुुगत उपाध्यक्षमा उठेर हार्नुुभएको थियो, उहाँलाई पनि हामीले वस्तुुगतको सल्लाहकार बनाएर लगेका छौ । हामीले सकेसम्म सबैलाई समेटेकै छौ नि । मेरो स्पष्ट भनाई भनेको कसैले पनि व्यक्ति र आत्माकेन्द्रीत बन्नुुहुँदैन । संस्थालाई सबैले हेर्नुपर्छ । भोलिका दिनमा संस्थामा बसेर मैले खराब गर्छु भने मैले अर्कोलाई अवसर दिनुुपर्छ । किनभने संस्था भए मात्र हामी हुन्छौ । उद्योग वाणिज्य महासंघ छ भने मात्र भवानी राणा हुन्छ । सबैभन्दा ठूलो दायीत्व नै संस्था जोगाउने हो । 

महासंघकै पूर्वअध्यक्षहरु, केही पूर्व पदाधिकारीहरुले ‘महासंघलाई एकलौटी बनाउन खोजियो, फरक खेमाका लागि बाहिरै बस्ने बाध्यता सिर्जना गरियो’ भन्छन् । नेतृत्वले यस्ता असन्तुष्टि समयमै व्यवस्थापन गर्न नसक्दा महासंघमा लामो इतिहास रचेकाहरु समेत अन्य समानान्तर संगठन स्थापना गर्नतर्फ अग्रसर छन् । महासंघ प्रष्ट विभाजित नै भएको देखियो नि ?
-होइन, महासंघको कार्यसमिति र पदाधिकारी विभाजित छैनन् । पूर्वअध्यक्ष र पदाधिकारी र अध्यक्षको दायीत्वभित्र चाहि महासंघ पर्दैन र ? हारजितलाई स्वभाविक रुपमा लिनुपर्यो नि उहाँहरुले । मैले पनि एकपटक उपाध्यक्षमा हारेँ, तर मैले २ वर्षसम्म काम गरेँ, लागिरहेँ । कामले साथीहरुको मन जितेर अगाडि बढेँ । किशोर प्रधानजी पनि त पराजित भएकै व्यक्ति हो नि, फेरि म संस्थामा आउँछुु भन्नुुभयो, उहाँ त नेपाल चेम्बरमा त जानुुभएन । तर, कतिपय व्यक्तिहरु अर्को संस्थामा जानुुभयो, यसको अर्थ उहाँहरुले संस्थालाई होइन र आफूलाई मात्र केन्द्रमा राख्न चाहनुुभएको देखियो । महासंघ त एउटा गरिमामय संस्था हो, त्यो संस्थामा फेरि कुनै न कुनै रुपमा फर्किएर आउनुुपर्छ वा जान सकिन्छ भन्ने कुरा उहाँहरुले बुुझ्नुुभएन । हार्नेबित्तिकै नआउने भन्ने हुँदैन नि । राजनीतिक दलमा पनि यो प्रवृति छ, हारेपछि पार्टी छाडेर जाने केही भए पनि धेरैले त्यही पार्टीमा बसेर पुनः जितको इतिहास पनि बनाएकै छन् । त्यसकारण संस्थालाई हेर्नुपर्छ, संस्थामा बसेपछि कहिले जित र कहिले हार हुन्छ । कैयन चुनौतिहरु हुन्छन्, यी सामाना गरेर अगाडि बढ्नुुपर्छ । तर, सीमित पद सबैलाई त पुर्याउन सकिन्न नि । एउटा अध्यक्ष हुन्छ, ६ जना पदाधिकारी हुन्छ । कोही न कोही त पराजित हुनैपर्छ । शंकर पाण्डे पनि त पराजित हुनुुभयो, तर सल्लाहकार बनेरै बस्नुुभयो । यो भनेको उहाँले संस्थालाई माया गर्नुभएको हो नि त । उहाँ भोलि फेरि आउन सक्नुुहून्छ । त्यसकारण यस्ता व्यक्ति पनि हुनुुहुन्छ, जो पराजित भएर महासंघमा अहिले पनि सल्लाहकारको रुपमा सहकार्य गरेर काम गरिरहेको हुनुहुन्छ । तर, कोही व्यक्ति चाहि पराजित भएर पदकै लागि अरुतिर गएका छन् । अब उनीहरुलाई त म के नै भन्न सक्छु र ?

महासंघमा लामो योगदान भएकाहरु विभाजित भएर महासंघकै संरचनामा अन्य संघ–संस्थाको निर्माणतर्फ लागिसकेँ । यसले त महासंघलाई कमजोर नै बनाइसक्यो नि । घाटा महासंघलाई चाहि हुँदैन र ?
-महासंघ भनेको ५० वर्षको इतिहास बोकेको संस्था हो । 

चेम्बर अफ कमर्स त तपाईहरु भन्दा जेठो संस्था हो नि ?
-एनसीसी त चेम्बर हो नि । एनसीसीजस्तै महासंघका १६ वटा संस्थागत सदस्य छन् । संस्थागत सदस्यहरुलाई नै महासंघ चाहिएर महासंघ गठन भएको हो । नेपाल चेम्बर हाम्रो संस्थागत सदस्य मात्र हो । नेपाल चेम्बरलाई उपत्यकाभित्रको एउटा छुट्टै पहिचानको सदस्यको रुपमा लिएका थियौं । र, जहिले पनि व्यवसायी वर्ग एक भएर अगाडि बढ्नुुपर्छ भन्ने मेरो धारणा हो । 

धेरै संघसंस्था खुल्दै जान्छन्, त्यसका कारण महासंघ कमजोर हँुँदैन । कसैले महासंघलाई कमजोर बनाउँछु भनेर नसोचे पनि हुन्छ । किनभने महासंघ धेरै बलियो छ, महासंघको राष्ट्रिय मात्र नभएर अन्तराष्ट्रिय नेटवर्क पनि मजबूत छ । विभिन्न देशका चेम्बरसँग हाम्रो राम्रो सम्बन्ध छ । 

महासंघ हुँदा हुँदै त्यही मोडलमा अन्य संस्था बनाउनेतिर लाग्नुुहुँदैन । बरु सबैजना यसैमा अटाउने वातावरण बनाउनुुपर्छ । म कसैलाई दोष दिने र लाञ्छना लगाउदिँन ।सकेसम्म मिलेर एउटै छातामुनि बसौं भन्ने मेरो कुरा हो । तर, संस्था खोल्न पाउने लोकतान्त्रिक अधिकार पनि हो, त्यसमा हामीले रोक्न पनि सक्दैनौ । सकेसम्म महासंघसँग कसैलाई तुलना नगरौं, गर्न सकिन्न ।

महासंघको संरचना जे छ, त्यस्तै संरचनामा जानसक्ने विधान मन्त्रीपरिषदबाट पारित गरेर एनसीसी अगाडि बढेको छ । सिएनआई पनि उसैगरी अगाडि बढेको छ । जिल्ला–जिल्लाका उद्योगी व्यवसायीले त महासंघको विकल्पहरु पनि पाउने भए । जिल्लाका उद्योगी व्यवसायीलाई आफ्नो संगठनमा राख्ने दौडधूप पनि भोलिका दिनमा होला । यसो हुँदा त महासंघ त्यसै कमजोर भएन र ?
-हो, एउटै हुँदा निकै बलियो हुन्थ्यो । आवाज पनि एउटै हुँदा अझ प्रभावकारी हुन्थ्यो । सिएनआई पनि त पहिला थिएन नि, कोही मानिस रुष्ट भएर सिएनआई खुुल्यो होला, कोही रुष्ट भएर अर्को खोल्यो होला । त्यही भएर मैले भनेको संस्थालाई हेर्नुपर्छ । अहिले पनि त केही पूर्वअध्यक्ष हुनुहुन्छ, उहाँहरु रुष्ट भए पनि अर्को संस्था त खोल्नुुभएको छैन । उहाँहरुले आफ्नो धारणा प्रष्ट राख्नुुहून्छ, अर्को संस्था खोल्नतिर त लाग्नुुभएको छैन नि । व्यक्तिभन्दा संस्थालाई हेर्नुपर्छ । जसले जे जे गरे पनि महासंघ छाता संगठन हो । तर, तपाईले भनेजस्तो एउटै हुँदा बलियो हुन्छ भन्ने कुरामा म पनि सहमत हो । त्यो कुरा हामीले उहाँहरुलाई अनुरोध गर्ने कुरा हो, कसैलाई जबरजस्ती गर्न पनि सकिँदैन । 

आगामी दिनमा सबैलाई एकैठाउँमा ल्याउन के गर्नुहुन्छ ?
-मेरो पहिला पनि पहल थियो, अहिले पनि छ र भविष्यमा पनि हुनेछ । म महासंघमा भए पनि र नभए पनि महासंघप्रतिको दायीत्व म निर्वाह गरिरहनेछु। यसलाई अझ बलियो र सशक्त बनाउने र सबै व्यवसायी तथा उद्योगीलाई एउटै छातामुनि ल्याउने प्रयास जारी नै राख्नेछुु । 

तपाईमाथि केही आरोपहरु पनि लाग्ने गरेका छन् । पहिलो आरोपः अदालतमा विचाराधीन बिषयमा अदालतको अन्तिम फैसला नआउँदै महासंघले अदालत भन्दा पनि आफूलाई माथि राखेर जिल्लानगर उपाध्यक्षको निर्वाचनको मिति घोषणा गर्यो भन्ने आलोचना पनि आयो । यसमा के भएको हो ?
-महासंघ अवश्य पनि अदालत भन्दा ठूलो होइन । अदालतलाई हामी जहिल्यै सम्मान गर्छौ । जिल्लानगर उपाध्यक्ष भइसक्नुुभएको प्रमोद श्रेष्ठ असाध्यै राम्रो व्यक्तिको रुपमा मैले लिएको थिएँ । हाम्रै प्यानलबाट उहाँलाई जिल्लानगर उपाध्यक्षमा उठाउनुुपर्छ कि भनेर हामीभित्र सल्लाह पनि भएको थियो । उहाँलाई पनि बारम्बार ‘तपाई आउनुुपर्छ’ भनेका थियौं । तर, निर्वाचन हुँदा टिम छुट्टिदो रहेछ । परिस्थितिका कारण एउटालाई लिऊ भने पनि नहुने रहेछ । यहीकारण २ वटा टिम भएर लडियो । प्रमोदजीले जित्नुुभयो र दिनेशजीले हार्नुभयो । उहाँले जितेपछि हामीले सहकार्य गरेर अगाडि बढ्नुुपर्छ भन्यौ । तर, पछि उहाँ विधानविपरीत जानुुभयो । हाम्रो विधानमै स्पष्ट लेखिएको छ कि कुनै राजनीतिक दलमा लागेमा स्वतः पदाधिकारी पद खारेज हुन्छ । पदाधिकारीका लागि यस्तो व्यवस्था छ । उहाँ मेयरमा उठ्नुुभयो भन्ने सुनियो । उहाँलाई मैले सोधेँ पनि, तर ‘होइन’ भन्नुुभयो । तर उहाँ त साच्चिकै उठ्नुुभएको रहेछ, त्यो कुरा मलाई थाहा भएन । साथीहरुले भनेपछि मात्र पो थाहा भयो । त्यसपछि पदाधिकारीको बैठक बसेकै बेला मैले फोन गरेँ । उहाँले त्यसबेला मात्र उठेको कुुरा स्वीकार्नुभया । महासंघको उपाध्यक्ष पद गरिमामय पद हो, हामी तपाईलाई स्पष्टीकरण पत्र काट्छौ भनेर उहाँलाई पत्र लेख्ने काम भयो । स्पष्टीकरणमा उहाँले उठेको पुष्टि भयो र हामीले निलम्बन गर्ने काम गर्यौ । 

जिल्लानगर भनेको ५० प्रतिशत स्टेक भएको क्षेत्र हो । यहीकारण उहाँ निलम्बनमा परेपछि हामीले जिल्लानगर उपाध्यक्षको निर्वाचन पुनः गर्न लागेका हौ । त्यसपछि किशोरजी आउनुुभयो । सबै तयारी पूरा भइसकेको थियो, ७५ वटै जिल्लाबाट साथीहरु जिल्लानगर उपाध्यक्ष छान्न काठमाण्डौ आइसक्नुुभएको थियो । भोलिपल्ट चुनाव हुनुुपर्ने, आज जस्तोमा प्रमोदजीले मुद्धा हालेर स्टे अर्डर लिएर आउनुुभयो, त्यसपछि चुनाव रोकियो । स्टे अर्डर पनि हट्यो र उहाँहरुले लिखित जवाफ पनि माग्नुुभयो, त्यसपछि दुुईपटक बहस पनि भयो । त्यो बहस अझै भइरहेको छ । एकदिने स्टे अर्डर त्यसबेलै हट्यो र मुद्धा चाहि जारी नै छ । त्यसपछि वरिष्ठ न्यायाधीशहरुसँग सल्लाह गर्दा उहाँहरुले यो अवस्थालाई अदालतको अवहेलना भएको भन्न नमिल्ने भन्ने सुुझाव दिनुुभयो । स्टे अर्डर छैन, मुद्धा भनेको ५–१० वर्षसम्म पनि लम्बिन सक्छ भन्ने कुरा आयो । मुद्धाका लागि कुरेर, महासंघलाई अझ कुरेर र डिस्टर्व भएर जानुुभन्दा त त्यो मुद्धा चलिरहन्छ, बरु हामी चाहि जिल्लानगरको चुनाव गरेर अगाडि बढौं भन्ने निश्कर्षमा पुुग्यौ । यसमा उहाँको नियतमा पनि खोट देखियो । किनभने चेम्बर अफ कमर्सको ४ नम्बर प्रदेशको संयोजक भएर उहाँ जाने, अनि मुद्धामा महासंघलाई अल्झाएर जिल्लानगर उपाध्यक्ष आउन नदिने र सो अवधिमा जिल्ला–जिल्लामा गएर उहाँहरुले संगठन बिस्तार गरी महासंघलाई कमजोर बनाउने खेल खेलिएको हो कि भन्ने पनि हामीमा शंका रह्यो । त्यसकारण स्टे अर्डर निरन्तर नभएपछि कानूनले हामीलाई चुनाव गर्न नरोक्ने निश्कर्षसहित अगाडि बढेका हौ । 

अदालतमा मुद्धा विचाराधीन छ । तपाईहरु जिल्लानगर उपाध्यक्षको निर्वाचन गर्न खोजिरहनुुभएको छ । चुनावबाट नयाँ उपाध्यक्ष आउनुु होला । भविष्यमा अदालतले प्रमोद श्रेष्ठको पक्षमा फैसला गरिदियो भने चाहि के गर्नुहुन्छ ?
-अदालतले हामीलाई निर्वाचन नगर्नु भनेकै छैन । अदालतको मुद्धा ५ वर्ष चल्ला, २ वर्ष चल्ला, चलिरहला । मुद्धा लम्बियो भने जिल्लानगर उपाध्यक्षको भ्याकुम हुन्छ, यसले त हामीलाई धेरै कुराको नोक्सानी हुन्छ नि । फेरि उहाँले लगाएको मुद्धामा दम भएको भए अदालतले समेत हाम्रो नामको स्टे अर्डर निरन्तर गथ्र्यो होला नि । मुद्धामा दम नभएकै कारण स्टे अर्डर पनि निरन्तर भएन र पेशी पनि सारेको सार्यै गरेको छ । 

तपाईमाथिको अर्को आरोपः भवानी राणाले कसैको प्रभावमा परेर काम गर्नुहुन्छ भन्ने छ ? निर्णय प्रक्रियामा पदाधिकारी र कार्य समितिबाहेकका मानिसहरु हाबी हुन्छन् भन्ने आरोप पनि लाग्ने गरेको छ ?
-निर्णय गर्दा छलफल गरिन्छ, सल्लाह गरिन्छ र टिमकै भावना अनुसारको निर्णय आउने हो । कुरा सबैको सुन्नुुपर्छ र राम्रो कुरा ग्रहण गर्नुपर्छ । तपाईले पनि आएर मलाई केही राम्रो सुुझाव दिनुुभयो भने त्यसलाई मैले पनि सहर्ष ग्रहण गर्न सक्नुुपर्छ । अरु कसैले संस्थाको हितका लागि राम्रो सल्लाह र सुुझाव दिन्छ भने त्यसलाई ग्रहण गर्नुपर्छ । संस्थाको हितका लागि छैन भने त्यस्तो सल्लाह लिनुु हुँदैन । त्यसकारण कसैको कुरा सुन्दैमा उसको लाइनबाट गएको भन्न चाहि सुुहाउँदैन । तपाईले हाम्रा कार्यसमिति र पदाधिकारीलाई सोध्न पनि सक्नुुहुन्छ । सुुझाव भनेको सबैको लिनुपर्छ । म सधैं आफ्नो हिसाबले काम गर्ने मान्छे हो । तर, कुनै पनि संस्था चलाउँदा त्यहाँका साथीभाईसँग सधैं सल्लाह लिन्थेँ, अहिले पनि कतिपय पूर्वअध्यक्ष ज्यूूहरुले सल्लाह दिनुुहुन्छ । उहाँहरुको सल्लाह ठीक भए लिन्छुु र ठीक नभए लिँन्न । सम्मान चाहि म सबैलाई गर्छु।

उद्योग वाणिज्य महासंघले दुुईतिहाई बहुमतको सरकारको आर्थिक समृद्धिका अजेण्डाहरुलाई कसरी सपोर्ट गरी अगाडि बढ्छ ?
-अहिले स्थायी सरकार बनेको छ । स्थायी सरकार बनेपछि आर्थिक मुद्धाहरु अगाडि बढ्नेमा हामी विश्वस्त छौ । संघीयतामा देश गइसकेको हुनाले उद्योग वाणिज्य महासंघले पनि आफ्नो विधानलाई संसोधन गरिसकेको छ । संघीय संरचना अनुसार हाम्रा सातैवटा प्रदेशमा संयोजकहरु पनि हुनुहून्छ र शाखाहरु पनि छन् । हाम्रा सबै अफिस र संरचना पनि तयार भइसकेका छन् । आर्थिक समृद्धिको नारा दिएर अहिलेको सरकार आएको छ, श्रमको परिचालन, सुशासनको कुरालाई उहाँहरुले मुख्य अजेण्डा बनाउनुभएको छ । हामीले हरेक प्रदेशमा गएर त्यहाँका मुख्यमन्त्री, प्रशासन प्रमुखलाई ल्याएर छलफल गर्ने काम पनि गरिरहेका छौ । अहिलेको सबैभन्दा ठूलो इस्यूू भनेको दोहोरो कर हो । स्थानीय, प्रदेश र केन्द्र सरकारले लगाउने करको कसरी व्यवस्थापन हुन्छ भन्ने बिषयमा हामी चिन्तित छौ । किनभने कुनै पनि व्यवसाय फस्टाउनका लागि कर व्यवस्था राम्रो हुनुपर्छ । जति कर व्यवस्थित हुँदै जान्छ, उति नै व्यवसायिक वातावरण समेत बन्नेछ । यसमा हाम्रो विशेष ध्यान छ । प्रदेशमा जाँदा त्यहाँको संभावनाको बिषयमा समेत सोधखोज गरिरहेका छौ । त्यसका लागि निजी क्षेत्र तपाईहरुसँग सहकार्य गरेर अगाडि बढ्छ भन्ने कुरा सातैवटा प्रदेशमा गएर आश्वस्त पार्नेछौ । त्यसपछि हामीले अन्तमा काठमाण्डौमा एउटा कार्यक्रम गरी प्रदेशबाट संकलित सुुझाव र समस्याहरुलाई एकतृत गरी सरकारलाई सुुझावको रुपमा पेश गर्छौ । आर्थिक समृद्धि त भन्नुुभयो, तर कसरी गर्नुहुन्छ ? आजको भोलि त आर्थिक समृद्धि हुँदैन भन्ने बिषयमा समेत उहाँहरुबाट जवाफ खोज्नेछौ । हाम्रो लगानीले मात्र पुुग्दैन, लगानीमैत्री वातावरणका लागि सरकारको स्पष्ट धारणा आउनुपर्छ । व्यापार घाटा निकै ठूलो भइसकेको छ, त्यसलाई सन्तुलनमा ल्याउनका लागि लगानी नै ठूलो कुरा हो । त्यस बिषयमा नीतिगत परिवर्तन र राम्रा नीतिको प्रभावकारी कार्यन्वयनमा प्रष्ट हुनुपर्छ । कालोबजारी ऐनको बिषयमा समेत सोच्नुपर्ने पक्षहरु छन् । यी कुरा पनि हामी उठाउँछौ । बैकिङ सेक्टरमा तरलताको अभावको कुरा छ, त्यसको समाधान के हो भन्ने पनि जान्न चाहन्छौ । हामी बुँदागत रुपमा सरकारसँग कुरा गर्छौ र सरकारले आर्थिक समृद्धिका लागि चाल्ने हरेक कदममा महासंघले पूर्ण रुपमा सहयोग समेत गर्छ । 

महासंघ लगायतका उद्योगी व्यवसायीका संघ–संगठनहरु सरकारका पिछलग्गुु मात्र भए, चाकडी चाप्लुसी गरेर फाइदा लुट्ने मात्र भए भन्ने पनि आलोचना गरिन्छ नि ? 
-मलाई लाग्छ उद्योग वाणिज्य महासंघले सरकारले गरेको राम्रो कुरालाई सधैं स्वागत गरेको छ भने उद्योगी व्यवसायीलाई अप्ठ्यारो पर्ने गरी भएका कामहरुको बिषयमा सधैं खबरदारी पनि गरेकै छ । विगतका दिनमा पनि बोलेको छ र अहिले पनि हामी बोलिरहेकै छौ । संविधान बनाउने बेलामा पनि निकै अप्ठ्यारा कुरा हुन लागेको थियो, तर हामीले आफ्ना कुरा राख्यौं । सरकारले भनेको कुरामा ‘अ ठीक छ’ मात्र भनेका छैनौ । तपाईहरुले राखेका यस्ता कुराले व्यवसायीलाई मर्का पर्छ भनेर हामीले प्रष्ट रुपमा आफ्ना कुरा राखेका छौ । ती कुराहरु संविधानमा समेटिएका छन् । सरकारले गरेका र हामीलाई ठीक नलागेका कुरामा हामीले टेबल टक पनि गरेका छौ । श्रमको कतिपय इस्यूूहरुमा हामीले मिलाएका छौ । श्रमिकहरुको मात्र अधिकार हुने भन्ने गलत सोंचलाई निराकरण गरी उद्योगपतिको समेत केही अधिकार हुने बिषयलाई स्थापित गरेका छौ । मलाई लाग्छ, महासंघले सन्तुलित भूमिका नै खेलेको छ । 

तपाईको विचारमा अबको आर्थिक समृद्धि कसरी हुन्छ ? सरकारले के–के कुरामा ध्यान दिनुपर्ला ?
-आर्थिक समृद्धिका लागि थुप्रै कुराहरु हुन आवश्यक छ । सबैभन्दा पहिला, लगानीको प्रवद्र्धन हुनुुपर्यो । आन्तरिक लगानीको प्रवद्र्धन र बाह्य लगानी भित्र्याएर बजारमा प्रशस्त पूँजीको परिचालन हुनुपर्छ । त्यसको ग्याप मैले देखिरहेको छु। पूँजी परिचालनका लागि पूँजीगत खर्च नै हुँदैन । भारतको बजेट आउँदा १०० मा १०० प्रतिशत नै पूँजीगत बजेट खर्च हुन्छ भने हाम्रो पूँजीगत खर्चको अवस्था दयनीय छ । अर्को कुरा स्वदेशी लगानीलाई संरक्षण गर्ने नीति राज्यले बनाउनुपर्छ । र, व्यवसायभन्दा पनि उत्पादनमूलक उद्योगमा सरकारले लगानी गर्नुपर्छ । व्यापार घाटालाई सन्तुलित बनाउन उत्पादनमूलक उद्योगको प्रवद्र्धन गर्न सक्नुुपर्छ । पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्छ । पर्यटक बढी भित्र्याउने मात्र भनिन्छ, तर पर्यटनको विकासका लागि पूर्वाधार र कनेक्टिभिटी चाहियो । जस्तै: एयरपोर्टमा त्यस्तो छ, डोल्पा त्यस्तो सुन्दर छ, खप्तड कति राम्रो छ, तर त्यहाँ कनेक्टिभिटी नै छैन । पूर्वाधार त सरकारले बनाइदनिुपर्यो नि । रेल्वे लिंकको कुरा आइरहेको छ, दिल्ली टूू काठमाण्डौ, केरुङ टू काठमाण्डौ । रेल्वे हुनेबित्तिकै व्यापार हुन्छ । हाम्रो मात्र होइन, इण्डिया टू चाइना पनि व्यापार हुन्छ । सार्क देशमा पनि व्यापार हुन्छ, यस्तो भयो भने नेपाल त कहाँबाट कहाँ पुुग्छ । यसकारण अबको विकास र समृद्धिमा कनेक्टिभिटी र पूर्वाधार बाधक देखेको छु। पूँजीगत खर्च भयो भने बैंकमा तरलता हुन्छ । अहिले लगानीकर्ताले ऋण नै पाउन छाडेका छन् । अर्को कुरा सरकारको नीति पनि सही हुनुपर्छ । लगानीमैत्री नीति बनाउनुपर्छ । अर्को जग्गाको भाउ औधी महंगो  भयो, जसले गर्दा उद्योग स्थापनाको क्रममा जग्गा किन्दा किन्दै उद्योगीको बजेटले डाँडो काटिसकेको हुन्छ । सरकारले निर्धारण गरेको औद्योगिक क्षेत्रहरुको छिटो भन्दा छिटो व्यवस्थापन गर्नुपर्छ । नेपालका उद्योगीहरु लगानी गर्न आतुरीका साथ बसिरहेका छन्, उनीहरुले राम्रो वातावरण पाए उत्पादनशील क्षेत्रमा लगानी गर्नेछन् । त्यसका लागि सुविधा दिनुपर्यो । त्यसमा हामीले सरकारलाई बुँदागत रुपमा सुुझावहरु बुुझाउँछौ, तर ससरकारमा इच्छाशक्ति हुनुपर्छ । सरकारको इच्छाशक्ति नभई देशमा आर्थिक समृद्धिको सपना पूरा हुनसक्दैन । 

पछिल्लो कालमा देशमा अनौपचारिक अर्थतन्त्र औपचारिक अर्थतन्त्रमाथि हाबी हुँदै गएको छ । यो समस्याको निराकरण के हुन सक्ला ?
-नीतिगत पुनरसंरचना हुनुपर्छ । कतिपय गलत नीतिले गर्दा कतिपय कुराले औपचारिकता पाउन सकिरहेको छैन । हामी त सधैं औपचारिक अर्थतन्त्रमै विश्वास गर्छौ । अनौपचारिक आर्थिक गतिविधिलाई औपचारिकमा ल्याउने कुरालाई सरकारले मुख्य एजेण्डा बनाउनुपर्छ । उहाँहरुसँग निर्वाचनअगाडि र अहिले कुरा गर्दा त्यसका लागि वातावरण बनाउँछौ भन्नुुभएको छ । अनौपचारिक अर्थतन्त्रलाई बिस्तारै कानूनी बाटोमा हिँडाउन सक्ने हो भने पूँजीको अभाव हुँदैन । 

कतिपय नीतिहरु इति अप्ठ्यारा छन् नि, काम गर्नै गाह्रो छ । त्यसकारण अनौपचारिक अर्थतन्त्रलाई औपचारिकीकरण गर्न सक्नुुपर्छ । जस्तो भारतमा पनि त मोदी सरकारको बेलामा इन्फर्मल सेक्टरलाई फर्मल च्यानलमा ल्याउने अवसर दिइएको छ । त्यस्तो किसिमले ड्यास्ट्रिक चेञ्ज गर्नुपर्छ । इनफर्मललाई फर्मल बनाउन प्याकेज दिनुपर्छ, समय दिनुपर्छ । मोदीले त आखिरमा गरेरै देखाए, हामीले किन नसक्ने ?

ओली सरकारप्रति कति आशावादी हुनुुहुन्छ ?
-हामीले तीनवटै सरकारसँग काम गरेका छौ । अब हामी धेरै आशावादी छौ । निर्वाचनअघि पनि हामीले ओलीजीलाई भेटेका छौ । पूँजी परिचालन, आर्थिक समृद्धि, रोजगारी वृद्धिको कुरा पहिला पनि हामीले गरेका छौ । अस्ती पनि गएर भेट्दा उहाँले ‘स्थायी सरकार भएर त्यसले कामै गरेन भने त्यसको के काम, तपाईहरुको फाइल टेबलमै अड्किने अवस्था हुन दिँन्न’ भन्नेजस्ता राम्रा प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हामी निकै उत्साहित छौ । अर्थतन्त्र धेरै बुुझेको व्यक्ति अर्थमन्त्री बन्नुुभएको छ । यसले गर्दा साच्चिकै आर्थिक समृद्धिको बाटोमा हामी जानसक्छौ भन्ने लाग्छ । ओलीले महासंघ र अन्य निजी क्षेत्रलाई बोलाएर आर्थिक सल्लाहकार परिषद गठन गर्ने राम्रो कुरा पनि गर्नुभएको छ, हामी उत्साहित छौ ।