काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा किशोर प्रधानले फराकिलो मतअन्तरसहित जित हासिल गरेका छन् । 

निकटतम प्रतिद्वन्दी निरक केसी भन्दा झण्डै दोब्बर मतले प्रधानले सहज जित निकालेका हुन् । 

उद्योग वाणिज्य महासंघको जिल्लानगर उपाध्यक्ष प्रमोद श्रेष्ठलाई आचारसंहिता विपरीत दलको उम्मेद्वार बनेको आरोपमा निलम्बन गरिएपछि रिक्त रहेको पदमा शुक्रबार भएको निर्वाचनमा किशोर प्रधानले ६५ मत ल्याएका छन् भने निरक केसीले ३३ मतमा चित्त बुुझाउनु परेको छ । 

निर्वाचन समितिले किशोर प्रधानलाई निर्वाचित भएको घोषणा गरेको छ । प्रधान यसअघिको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छासँग पराजित भएका थिए । उनले यसअघि एक कार्यकाल जिल्लानगर उपाध्यक्ष चलाइसकेका छन् । 

अहिले उद्योग वाणिज्य महासंघको हलमा उनलाई बधाई दिने कार्यक्रम चलिरहेको छ ।