Nabil Bank Limited
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाका व्यवस्थापन तहको नेतृत्व गर्नेहरुलाई लक्षित गर्दै नेपाल राष्ट्रबैंकले लागू गरेको कुलिङ पिरियड सम्बन्धी व्यवस्थाको छिद्र केलाउँदै जसरी पनि अनिलकेशरी शाहलाई आफ्नो बैंकमा ल्याइछाडेको नवील बैंकले ब्याजदरमा बैंकहरुबीच कायम भद्र सहमति समेत घुमाउरो ढंगले उल्लंघन गरेको छ ।
सोझो ढंगले हेर्दा उसले बैंकहरुबीचको सहमति उल्लंघन गरेको देखिन्न । सहमतिको समेत छिद्र केलाउँदै उसले घुमाउरो रुपमा अन्य बैंकको निक्षेप समेत तान्ने रणनीति लिएको देखिएको हो ।
नवील बैंकले अग्रिम ब्याज भुक्तानी गर्ने गरी नयाँ मुद्धती खाताको स्किम ल्याएको हो । जसमा वार्षिक ११ प्रतिशतको दरले अग्रिम ब्याज दिनेछ । खाता खोलेकै समयमा एकवर्षको ब्याज भुक्तानी गर्ने भएकोले ब्याजको रुपमा पाएको रकममा पाइने ११ प्रतिशतकै दरको ब्याज जोड्ने हो भने यो बैंकले साढे १२ प्रतिशतको हाराहारीमा ब्याज पाउने अवस्था सिर्जना गरिदिएको देखिन्छ।
तर, घोषणामा अग्रिम ११ प्रतिशत मात्र ब्याज भएकोले नवीलको यो चलाख्याईपूर्ण अफरका कारण नेपाल बैंकर्स संघ(एनबिए) नेतृत्व ब्याजदरको भद्र सहमति नवीलले उल्लंघन गरेको भन्न सक्ने अवस्थामा छैन ।
बैंकको अग्रिम ब्याज पाउने खाता खोल्नका लागि कम्तिमा ५ लाख रुपैयाँ चाहिन्छ। बैंकले दुई बर्षसम्मको निक्षेप स्वीकार्ने जनाएको छ। निक्षेप आकर्षित गर्नका लागि बैंकले अग्रिम ब्याज भुक्तानीको स्कीम ल्याइएको प्रष्ट्याएको छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले नवीलले अग्रिम ११ प्रतिशत मात्र ब्याज भुक्तानी दिने भनेकोले उसले वाणिज्य बैंकबीच कायम भद्र सहमति उल्लंघन गरेको नदेखिने दाबी गरे । ‘तर, घुमाएरै साढे १२ प्रतिशत नै दिंदा पनि अन्य बैंकको निक्षेप उसले तान्छ भन्ने मलाई लाग्दैन ।’ उनले भने ।
नवील बैंकका कामु सीइओ अनिलकेशरी शाहले चालु आर्थिक वर्षको बाँकी अवधिमा निकै ठूलो भोल्युममा व्यापार बढाउनुपर्ने बाध्यता रहेकोले बैंकले नयाँ स्किम ल्याएको जिकिर गरे ।
8 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago