काठमाडौँ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी पनि यस वर्ष नाफा आर्जन गर्ने वित्तीय संस्थाका सूचीमा दर्ता भएकोे छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा कम्पनीले खुद नाफा १९ दशमलव ९४ प्रतिशतले वृद्धि भएको वित्तीय विवरण प्रस्तुत गरेको छ । कम्पनीले आइतबार जारी गरेको विवरणमा गत वर्ष ८ करोड ५ लाख १० करोड १५ लाखमात्र खुद नाफा आर्जन भएको तर यस वर्ष १२ करोड १६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको देखाएको हो । अधिकांश सूचक सकारात्मक देखिएको कम्पनीमा बीमा शुल्क आम्दानी भने कमजोर प्रस्तुत भएको छ । 

यस वर्ष कम्पनीको बीमा शुल्क आम्दानी पनि थप गरेको छ । गत वर्षको तेस्रो त्रेमाससम्ममा ९३ करोड २ लाख बीमाशूल्क आम्दानी गरेको कम्पनीले यस वर्ष १ अर्ब २ करोड बीमाशुल्क आम्दानी गर्न सफल भएको हो । यो गत वर्षको भन्दा करीव ९ प्रतिशत अर्थात् ९ करोड १८ लाख बढी हो । 


बीमा शुल्क आम्दानीमा समेत सकारात्मक देखिएको कम्पनीमा दावी भुक्तानी पनि वृद्धि भएको छ । गत वर्ष ४९ करोड ७१ लाख दावी भुक्तानी गरेको इन्स्योरेन्सले यस वर्ष ५७ करोड ३१ लाख दावीभुक्तानी गरेको छ । यो गत वर्षको भन्दा ७ करोड ५९ लाख अर्थात् १५ दमशमलव २८ प्रतिशत बढी हो । 


६४ करोड १५ लाख चुक्ता पूँजी रहेको कम्पनीले बीमा समितिको निर्देशन अनुसार १ अर्ब चुक्ता पूँजी कायम गर्नुपर्ने छ । 

कम्पनीको प्रतिशेयर आम्दानी २५ दशमलव २८ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ८१ दशमलव ९३ रुपैयाँ कायम भएको छ ।