काठमाण्डौ । डिजाइन चोरीको मुद्धामा एप्पलले ७ वर्षको लामो कानूनी लडाई जितेको छ । अमेरिकाको फेडरल कोर्टले कोरियाली कम्पनी सामसङलाई डिजाइन चोरीमा दोषी ठहर गर्दै करिब ५८ सय करोड रुपैयाँ जरीवाना एप्पललाई तिर्न समेत आदेश दिएको छ।
यसका साथै अदालतले पेटेन्ट फङ्सनलाई ध्वस्त बनाएको आरोपमा ५४ करोड बराबरको अर्को जरीवाना समेत थप गरेको छ ।
विश्वकै दुई ठूला मोवाइल कम्पनीबीच चलिरहेको कानूनी लडाईमा एप्पलको यो महत्वपूर्ण जित हो । यसअघि अदालतमा एप्पले आइफोनका लागि सो डिजाइन निकै महत्वपूर्ण रहेको प्रष्ट्याएको थियो ।
फच्र्यूनमा छापिएको एक रिपोर्टका अनुसार सामसङलाई सन् २०१२ को सुरुवातमा भएको फैसलामा पनि दोषी पाइएको थियो । त्यसबेला सामसंगलाई १ अर्ब डलर बराबरको जरीवाना तिर्न आदेश दिइएको थियो । तर, पछि अदालतले यो जरीवाना केही कम गरिदिएको थियो ।
यूएसको पेटेन्ट कानूनअनुसार कपीराइट सम्बन्धी कानून उल्लंघन गर्नेले सो प्रडक्टको कुल आम्दानीको केही हिस्सा जरीवानाको रुपमा विपक्षीलाई बुझाउनुपर्छ ।
एप्पलले अदालतको फैसलाले आफूहरुलाई न्याय प्राप्त भएको बताएको छ भने सामसंङको उच्च व्यवस्थापनले पनि अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेको एजेन्सीहरुले जनाएका छन् ।
एप्पलले आफूहरुका लागि जरीवाना भन्दा ठूलो कपीराइटको मुद्धा रहेको बताएको छ । एप्पलले स्मार्टफोनको दुनियाँमा क्रान्ति ल्याएको थियो । यो घटनासँगै एप्पलको प्रडक्टको कपी सामसङले समेत गरेको प्रमाणित भएको छ भने विजिनेशका लागि ठूला कम्पनीले समेत कति हदसम्म अर्काको नक्कल गर्छन् भन्ने पनि देखिएको छ ।
उत्तरी क्यालिफोर्नियाको सो अदालतले यो बिषयमा ५ दिनभित्र जरीवाना तिर्न भनेको छ भने अदालतले सामसङको एन्ड्रोइड फोनमा एप्पलको डिजाइन कपी गरिएको समेत प्रष्ट पारेको छ ।
8 minutes ago
41 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago