काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले बुढानिलकण्ठको वडा नं ८ हात्तिगौंडामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । 

हात्तिगौंडा शाखाको एक समारोहका बीच बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ र बुढानिलकण्ठको मेयर उद्धवप्रसाद खरेलले संयुक्त रुपमा गरे । 

सो समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीको पनि उपस्थिती थियो । 

शाखा उद्घाटन पश्चात् बैंकको काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८३ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।