लक्ष्मी सनराइज बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित
काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडको पच्चिसौं वार्षिक साधारण सभा पुस १५ गते काठमाण्डौमा सम्पन्न भएको छ । साधारण सभाले बैंकको चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्तापूँजी रु २६ अर्ब ७८ करोड पुगेको छ ।

