लाभांश पारित गर्दै सम्पन्न भयो सानिमा रिलायन्सको साधारण सभा
काठमाण्डौ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको आर्थिक वर्ष २०८१÷८२ को नवौ वार्षिक साधारण सभा पुस २४ गते काठमाण्डौको गोल्फुटारमा रहेको शुभ इभेन्टसमा सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष रतन लाल केडियाको अध्यक्षतामा सञ्चालन भएको साधारण सभामा सभाध्यक्षले स्वागत मन्तव्य राख्नुको साथै वार्षिक विवरण समेत पेश गरेका थिए ।

