सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, पारित भयो लाभांश
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । पुस ७ गते सोमबार, काठमाण्डौमा सम्पन्न भएको साधारण सभाले बैंकको चुक्तापूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७१९ रुपैयाँको ५.३५८३ प्रतिशत नगद लाभांश (करसहित) तथा पाँच प्रतिशत बोनस सेयर गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

