खानीखोला हाईड्रोपावरले पुस ३० गते साधारण सभा आयोजना गर्ने, बुक क्लोज कहिले ?
काठमाण्डौ । खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडले १३ औं वार्षिक साधारण सभा डाकेको छ । पुस ९ गते बसेको कम्पनीको सञ्चालक समितिकौ बैठकले पुस ३० गते काठमाण्डौको धुम्बाराहीमा रहेको धुम्रबराह भेन्युमा बिहान ११ बजेदेखि साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा नगरेकाले सभामा लाभांशको प्रस्ताव पेश हुनेछैन ।

