हकप्रदको प्रस्ताव पारित गर्न बलेफी हाईड्रोपावरले डाक्यो साधारण सभा
काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही पुस २९ गते काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजेदेखि साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।

