अमेरिकाबाट एकैदिन ७५ नेपाली डिपोर्ट, अधिकांश अवैध बाटो प्रयोग गरेर गएकाहरू
काठमाण्डौ। अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा आप्रवासन कानुन उल्लंघन गरेका ७५ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड विमानमार्फत काठमाण्डौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो।

