नेप्सेमा ६.१८ लाख कित्ता बोनस सेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ६ लाख १८ हजार ५८८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश र १.२४८९ बोनस सेयर गरी कुल ९.२४८९ प्रतिशत लाभांश वितरण गरेको थियो । सोृही मध्येको १.२४८९ बोनस सेयर आज नेप्सेमा...