माउन्टेन इनर्जीद्वारा २०% बोनस सेयर वितरणको निर्णय, एजीएम र बुक क्लोजको मिति पनि घोषणा
काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमीटेडले लाभांश घोषणा गरेको छ । कात्तिक २० गते दिउँसो ३ बजे बसेको यो कम्पनीको सञ्चालक समितिको १३४ औं बैठकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण पारित गरी सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

