शाइन रेसुङ्गाले १३% लाभांश दिने, बोनस र नगद कति ?
काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपेमन्ट बैंक लिमीटेडले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २१ गते अपरान्ह २ः३० बजे बसेको सञ्चालक समितिको ३१९ औं बैठकले आर्थिक वर्ष २०८१ ८२ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीलाई कुल १३ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । घोषित लाभांशमध्ये ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत(कर प्रयोजनसहित) नगद लाभांश रहेको छ ।

