ब्राजिलमा घोडाको रगत खुवाएर उत्पादन गरिन्छ करोडौं लामखुट्टे , के होला कारण ?
काठमाण्डौ । ब्राजिलको कुरिटिबा सहरमा एउटा यस्तो कारखाना छ, जसको बारेमा सुनेपछि मानिसलाई विश्वास गर्न गाह्रो हुन्छ । यो कारखानाले लामखुट्टे उत्पादन गर्छ। यो कारखानामा करोडौं लामखुट्टे तयार भइरहेका छन् । यहाँ हरेक हप्ता करिब १० करोड लामखुट्टेको अण्डा उत्पादन हुने गरेको छ ।यी लामखुट्टेलाई एकदमै सावधानीपूर्वक पालिन्छ। यी लामखुट्टेले सकेसम्म धेरै अण्डा दिन्छन् भन्ने...