नेप्सेमा सात महिनाकै उच्च कारोबार, भोलिबाट लयमा फर्किने विश्लेषकको दाबी
काठमाण्डौ । अघिल्लो दिनको सर्किट ब्रेकबाट बढेको पोर्टफोलियोबाट प्रफिट बुक गर्नेहरुको हतारो र चुनावअघि किन्ने अवसर गुमाएकाहरुको आक्रामक खरिदारीका कारण लामो समयपछि सेयर बजारमा २१ अर्ब बढीको कारोबार भएको छ । यो भनेको सात महिनायताकै उच्च कारोबार हो । सोमबार १६२ अंकले बढेको बजारमा प्रफिट बुक गर्नेहरुका कारण केही सप्लाई देखिए पनि नेप्से परिसूचक ३२ अंकले मात्र घट्नुलाई...

