मोवाइलको लोकेसन बैंकभित्रै छ, सीसीटिभीबाट कतै निस्किएको पनि देखिन्न, तर गायब भइन् रश्मी पन्त !
काठमाण्डौ । आइतबार दिउँसोदेखि प्रमुख व्यवसाय अधिकृत(सीबीओ) रश्मी पन्तलाई पक्राउ गर्न प्रभू बैंकको मुख्यालय पुगेको प्रहरीको टोलीले साँझ ७ बजेसम्म पनि उनलाई फेला पार्न सकेको छैन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को टोली दिउँसो बैंकको छैठौं तलामा चढ्नुअघि नै कतैबाट रश्मीलाई सूचना लिक भइसकेको थियो । हतार–हतार उनी बैंकभित्रकै कुनै अज्ञातस्थलमा लुकेकी थिइन् ।...

