सिटिजन्स बैंकद्वारा नारायणहिटी पथ र कमलादीमा इभी चार्जिङ स्टेशन सञ्चालनमा
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो वातावरणमैत्री अभियानलाई सशक्त बनाउने क्रममा काठमाडौं उपत्यकाको दुई प्रमुख स्थानहरू नारायणहिटी पथ र कमलादीस्थीत आफ्नै भवनको प्रांगणमा आधुनिक इलेक्ट्रिक भेइकल (इभी) चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याएको छ।