अर्थमन्त्रीले भने-'उदारताको नाममा निजी क्षेत्रलाई छाडा हुन दिँन्न'
काठमाण्डौ । मुलुकको सुस्ताएको अर्थतन्त्रलाई गति दिन सरकार र निजी क्षेत्रबीच नयाँ सहकार्यको संकेत देखिएको छ। नेपाल उद्योग परिसंघ (सीएनआई) र अर्थमन्त्री डा. स्वर्णीम वाग्लेबीच सोमबार भएको उच्चस्तरीय छलफलले उदार अर्थतन्त्रलाई थप बलियो बनाउने र निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्ने स्पष्ट प्रतिबद्धता सार्वजनिक गरेको हो।सीएनआई अध्यक्ष वीरेन्द्रराज पाण्डेको नेतृत्वमा...

