७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एलआइसी नेपाल
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १२.८३ अंकले घटेर २६२०.९२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३६ कम्पनीको १ करोड १ लाख ५३ हजार २२६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.७८ प्रतिशत र निर्जीवन बीमा समूह ०.१९ प्रतिशतले...

