डलरको भाउले आजपनि बनायो नयाँ रेकर्ड, कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाण्डौ । अमेरिकी डलरको भाउले आजपनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाली रुपैयाँको तुलनामा डलरको भाउ आजपनि हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १४५.३५ रुपैयाँ र बिक्रीदर १४५.९५ रुपैयाँ कायम भएको छ ।यो दर हालसम्मकै उच्च हो । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४४.८८ रुपैयाँ र बिक्रीदर...

