नाफामा फर्कियो दोर्दी खोला जलविद्युत, कस्तो छ समग्र वित्तीय अवस्था ?
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड चालु आवको दोस्रो त्रैमाससम्म नाफामा फर्किएको छ । कम्पनीले समीक्षा अवधिसम्म ७२ लाख ७९ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ८० लाख ७० हजार रुपैयाँ घाटामा थियो ।कम्पनीको विद्युत बिक्री आम्दानीमा भने घटेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत १३ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ ।...

