दोर्दी खोला जलविद्युतको लिलामी सेयरको बोलकबोल आज खोलिदै
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले लिलामीमा राखेको अवितरित हकप्रद सेयरको बोलकबोल(गोप्य शिल्ड टेण्डर) खोलिने भएको छ । कम्पनीले लिलामीमा राखेको १९ लाख कित्ता बढी अवितरित हकप्रद सेयरको बोलकबोल आज नक्सालमा रहेको सानिमा क्यापिटलको कार्यालयमा खोलिने भएको हो ।